समूहहरु :
२०६७ भदौ २० गते आइतवार
प्रमुख समाचार :
हिरोलाई धिक्कार निर्देशकको वाहवाही
सबैले आशा गरेका थिए नायक सुमन िसंहमाथि । सम्भावना देखिएका नायकको लहरमा परेका उनको कहिलेकाहीँको हर्कत भने अचम्मकै हुँदोरहेछ । कुनै सिनेमामा फलानोका भन्दा मेरो फोटो किन सानो राखेको भनेर सिनेमा नै छोड्ने त कहिले के सुमनको उचाइले गर्नै नमिल्ने यस्ता कार्यहरुको चर्चा सेलाउन नपाउँदै उनले यसै हप्ता एउटा निकै झुर काम गरेछन् सुटिङ स्पटबाटै एक्कासि फरार भएर ।
चलचित्रको नाम हो छविलाल काचुस छैन । यो चलचित्रको अन्तिम दृश्य अर्थात् क्लाइमेक्सको समयमा एक्कासि सुटिङ स्पट छोडेर हिँडेपछि एकछिन त सुटिङ युनिट नै तीनछक्क परेको थियो । निकै भव्य त्यस दिनको क्लाइमेक्सको दृश्य खिच्न समयमा स्पटमा आइसकेका सुमन एक्कासि लापत्ता भएपछि स्पटमा निकै खैलाबैला मच्चियो । उनी जान सक्ने र उनलाई भेट्ने सबैलाई सम्पर्क गरियो तर सुमन फेला परेनन् । नायकको यो हर्कत सहन नसकेपछि निर्देशक ज्ञानेन्द्र देउजाले पनि जुक्ति निकालिहाले र त्यही डे्रस अर्कालाई लगाउन दिएर पछाडि अनि साइडबाट खिचेर चिटिङका साथ सुटिङ सकाए । नायकले धोका दिए तापनि काम पूरा गरेकोमा अन्य कलाकार एवम् प्राविधिकहरुले त्यस दिन सुमनलाई धिक्कार र निर्देशकलाई स्यावासी दिएका थिए ।
अचम्मलाग्दो कुरा यो छ कि सुमन किन त्यस दिन एक्कासि सुटिङ स्पटबाट हराएका थिए र उनी कहाँ अनि किन गएका थिए । आफ्नो क्यारियरमा नै असर पर्ने सुमनलाई त्यस्तो अप्ठ्यारो के परेको थियो । आजसम सबै अनविज्ञ छन् ।
सुमनको त्यस दिनको यो काण्डपछि उनको फिल्मी क्यारियरमा ठूलो असर पर्ने देखिन्छ । सुमनलाई थुपै्र सिनेमामा सिफारिस गरेका निर्देशक ज्ञानेन्द्र देउजाले अब ती सिनेमाबाट सुमनलाई निकाल्नका लागि चाहिँ सिफारिस गर्ने भएका छन् । एउटा सोझो केटो लाग्दथ्यो तर नराम्रोसँग धोका दियो ।

Print     Email 
प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
   

समूह : मनोरञ्जन
अनलाईन जनमत
एमआरपी छपाइ भारतलाई दिने प्रक्रिया फिर्ता गर्ने माधव सरकारको निर्णय तपाईंलाई कस्तो लागयो ?
जनताको जीत
अनुत्तरदायी सरकारलाई जनताको झापड
कुर्सी बचाउने खेल
 
जन आवाज
अनलाईन रेडियो
कार्टुन
अनलाईन समाचार
शुभकामना सँगालो
पठाउनुहोस्
नेपाली पत्रपत्रिका
मौसम
LOCATION
MIN
MAX
RAIN
Kathmandu
12°C
36°C
2mm
Biratnagar
11°C
40°C
1mm
pokhara
8°C
25°C
3mm
Sydney
7°C
17°C
00mm
Canberra
6°C
9°C
1.2mm
Melbourne
8°C
8°C
2mm
Perth
12°C
20°C
00mm
Adelaide
9°C
18°C
00mm
Bharatpur
18°C
38°C
1.5mm
समाचार   सुन्नुहोस्

Australia
उपायोगि लिङक्स
 स्थानिय संघसंस्था
 सरकारी कार्यालय
अंग्रेजी समाचारपत्र
Total Visitors : 1395
Email:info@ausnepalnews.com Run By Nepal Australia Media Network. Director: Keshab Sapkota , Chief Editor: Bhimsen Sapkota