असनेपालन्युज सिडनी । अस्ट्रेलियामा अध्ययनको शिलशिलामा रहनु भएका नेपाली विध्यार्थी सौरभ बरालको अन्त्यस्टी कार्यका लागि आर्थिक सहयोग पुर्याउन सम्पूर्ण नेपाली समुदयामा अपिल गरिएको छ। उनको अन्त्यस्टि २६ जनवरि मा प्रबन्ध गरिएको हो। अन्त्यस्टि कार्य सिडनिमा गरिने छ भने काज कृयाको कर्म नेपालमा गर्ने तयारी भईरहेको उनका दाजुले असनेपालन्युज्लाई जानकारी दिनु भएको छ। प्रहरिले पोस्ट्मार्टम गरिसकेको छ। उनको सहयोगको लागि निम्न ब्यान्क विवरण दीईएको छ-बी एस् बि -०६२०३२ खाता -१०१६४९९४ वा संपर्क श्री रजोरिया ,फोन ०४३३४५११९४ । मुरे नदिमा डुबेर एक नेपाली विद्यार्थि रेशम गुरुङको मृत्यु भएको ३ महिना नपुग्दै पुन अर्का नेपाली विध्यर्थि सौरभ बरालको अस्ट्रेलियाको सिडनिमा शुक्रवार अचानक निधन हुँदा यहाँका नेपाली समुदाय र उनका शुभचिन्तक पुन शोकाकुल हुन पुगेका huन। अध्ययनको शिलशिलामा सिडनी आएका सौरभ उनि आफ्नो बरउड स्थित कोठामा सुतिरहेकै बेला मृत अवस्थामा उनका साथीहरूले फेला पारेका हुन। ओछ्यानमा र उनको आसपासमा रगत देखा परेकाले उनको मृत्यु हृदयघात बाट भएको आशङ्का गरिएको छ। यस बारेमा प्रहरिले हत्या हो या मृत्यु भन्ने विषयमा छानविन गरिरहेको बुझिएको छ। प्यासिफिक कलेजमा अध्ययन गरिसकि स्थाई बसाइ आवेदन ( पि आर ) को प्रकृयामा रहेका स्व. बराल आफ्ना भाइ तथा साथीहरू सँग बस्दै आएका थिए । आमा,बुवा ,भाइ ,दाइ रहेका स्व बरालका तीन जनै दाजुभाइ सिडनिमा रहेकाले उनका माता पिता अझ शोक मग्न हुन पुगेका छन्। काठमाडौं चावहिलमा घर भएका स्व बरालको सतगत वा अन्त्यष्टी कार्यमा कुनै पनि सहयोग गर्नु परेमा नेपाली समुदाय तयार रहेको गोर्खा नेप्लिज क्म्युनिटीका अध्यक्ष्य डा नारायण प्रधान अस्नेपालन्युज्लाई बताउनु हुन्छ।
raju chapagain (rajuchapagain@yahoo.com), kogarah
dila ji sarhai ramro prayas,nepali samudaya ko online patrika ko lagi...good on you mate...