रमा सापकोटा ,असनेपालन्युज,
काठमाडौं ।
चट्याङले हाने झै,बन्दुकको गोलीले पोले झै, सियोले रोपे झै धारिलो हतियारले छिनाले झै,बमले ध्वस्त पारे झै शासक होस सामन्ती होस् भ्रष्टाचारी होस, देशि , विदेशी शक्ति, चाहे निरङकुस राजा,मन्त्री, इन्द्रेको बाबु चन्द्रे नै किन नहोस कसैको पनि कमजोरी ज्यादती र निरङकुशतालाई कत्ति नडराई व्यङगात्मक रुपले कलम चलाउने व्यक्ति हुनुहन्छ वरिष्ठ लेखक तथा साहित्यकार खगेन्द्र संग्रौला ।
पिता लक्ष्मी प्रसाद संग्रौला र माता नर्बदा संग्रौलाको कोखबाट २००३ सालमा पाँचथरको सुवाङमा संग्रौलाको जन्म भएको हो ।
जति नै बलवान शक्तिहरुसँगपनि नडराई उसका कमजोरी पक्षलाई खुलेर विरोध गर्ने लेखक संग्रौला १३ बर्षको उमेर देखि आफूले लेखन कार्य शुरु गरेको बताउनु हुन्छ । अग्रेजी र नेपाली साहित्य दुवैमा स्नाकोत्तर उत्तिर्ण गर्नु भएका संग्रौलाले लेखन कार्यलाई निरन्तरता दिदै केहि समय तेह्रथुमको शारदा हाइस्कुलमा अध्यापन गराउनु भयो । संग्रौलाले निबन्ध कथा उपन्यास संस्मरण लगायतका विधाहरुमा साहित्यिक कृतिहरु प्रकाशित गर्नु भएको छ । उहाँका निबन्धहरु व्यङगात्मक खालका छन् भने अन्य विधाका कृतिहरु उत्पिडन वर्ग महिला दलित जनजाति र मधेसीहरुले भोगेका कष्टहरुलाई चित्रण गरिएको छ । उहाँले २५ वटा भन्दा बढी अग्रेजी साहित्यिक पुस्तकहरुलाई नेपालीमा अनुवाद गर्नुभएको छ ।
मैनाली पुरस्कार २०४६, गोकुलजोशी पुरस्कार २०५२, कृष्णमणि साहित्य पुरस्कार लगायतका थुप्रै
पुरस्कारबाट सम्मानित भैसक्नु भएका संग्रौला हाल शान्तिका लागि नागरिक आन्दोलन संस्थामा आवद्द हुनुहुन्छ ।
माक्सवादको सिद्दान्त बाटै आफूले जीवन र जगत चिनेको र यसैबाट आफ्नो परिचय बनेको बताउने संग्रौला हाल सम्म औपचारिक रुपमा भने कुनै पार्टीमा आवद्द हुनु भएको छैन । सुस्तामा अतिक्रमण हुँदा र नेपालको उत्तरीचेकपोष्टमा भारतीय सेना राखेको विरुद्दमा विद्यार्थी संगठन खोल्न पाउनु पर्छ भन्दै बिद्यार्थीहरुले गरेको २०२८ सालको आन्दोलन देखि पछिल्लो १९ दिने जनआन्दोलन सम्म संग्रौला सहभागि हुँदै आउनु भएको छ ।
गुण्डागर्दी छत्रछायामा भएकाहरु, बन्दुकका नाल हातमा हुनेहरु, अदालत देखि सम्पूर्ण शासन सत्ता आफ्नै हातमा भएका शक्तिहरु कसैसँग पनि नडराई आफ्नो कलम मार्फत उनीहरुलाई निर्धक्कका साथ व्यङग्य गर्ने साहस छ लेखक संग्रौलासँग ।
माओवादीको युद्दकालमा राजा ज्ञानेद्रले सैनिक शासन परिचालन गर्दा २०४७ को प्रजातन्त्र आउदा राजदरबार हत्याकाण्डमा युवराज दिपेन्द्रलाई लगाइएको आरोप माथि खण्डन गर्न राजा ज्ञानेन्द्रले प्रेस माथि मेसिनगन तेसा्रउदाको विरोध माओवादीको प्रचण्डपथको घोषणा संकटकालमा माओवादी तथा सरकार दुवै पक्षको ज्यादती विरुद्द लगायतका विभिन्न संकटकालिन परिस्थितिमा भएका दमनको आलोचना गर्न पनि संग्रौला पछि पर्नु भएन ।
उहाँको लेख पढिसकेपछी सबै पाठकहरुले अनुमान गर्थे अब उहाँ जेलमा हो वा ज्यान जोखिममा । लेखक संग्रौला भन्नुहुन्छ । लेख पढेर मेरा शुभचिन्तकले फोनमा भन्छन् आराम कुशल हुनुहुन्छ अहिलेसम्म घरमै हो तर उहाँहरुले सोचे अनुसार म माथि शारिरिक आक्रमण चाँही हुन सकेन तर मेरो बाटो पछाडि जासुसले पछ्याउने, घरको टेलीफोनमा नौलो आवाजहरुबाट धम्की आउने, गेट वरपर नौलो मानिस देखा पर्ने जस्ता कुराहरु भैरह्यो ।
व्यङगात्मक देखि बाहेक अन्य शैलीमा लेख लेख्नै जान्नु हुन्न भन्दा संग्रौला यस्तो जवाफ दिनुहुन्छ । यसलाई व्यङग्य मात्र भन्न मिल्दैन यो त मेरो रोचक ढंगले प्रश्तुत गरेर जनतालाई सुसुचित गराउने तरिका हो । मैले जुनसुकै पक्षको पनि वास्तविकता नै उजागर गरेको हुन्छु ।
नसालु पदार्थमा चुरोट असाध्यै मनपराउने संग्रौला भन्नुहुन्छ । म यो चिज छोड्नै सक्दिन हरेक कुरा लेख्दा चुरोटको सर्कोसँगै मेरो जाँगर र आवेग हुन्छ ।
ज्यानकै जोखिम मोलेर किन लेख्नुहन्छ भन्दा संग्रौला बताउनु हुन्छ म जस्तो अलिकति जानकारले पनि जनताको अधिकारमा आक्रमण हुँदा यो देशको सामाजिक र राजनीतिक हितका लागि बोल्न डराए भने झन कसले बोल्ने लेखिसके पछि म डराउंथे तर सोच्थे कलम चलाएकै आधारमा म मारिए भने यसका विरुद्द त फेरि हजारौ कलम जन्मनेछन् । संग्रौलासँग केही पक्ष वा केही व्यक्ति असन्तुष्ट रहेपनि उहाँका थुपै्र लेखहरु सामाजिक परिवर्तनमा सहयोग गर्ने खालका देखिन्छन् र आज कसलाई व्यङग्य गरेको छ कसको बारेमा छ होला भन्ने पाठकहरुमा कौतुहलता देखिन्छ । कोही मनोरंजनका लागि पढ्छन् त कोही लुकेका कुराको जिज्ञासाको लागि र कसैले आफुलाई कति सम्म गालि गरेको छ भनेर ।उहाँ भन्नुहन्छ मेरो लेख सबैले पढ्छन् । मलाई मन पराउने र मन नपराउने दुवैले पढ्छन् । ता की कुनै पक्ष र व्यक्ति बिशेषको लागि भनेर मैले कहिल्यै लेख्दिन । संग्रौलाले अहिले पनि सरकार र प्रतिपक्षलाई दवाव स्वरुप व्यङगात्मक लेखहरु लेखिरहनु भएको छ ।
पंचायतकालमा लेखकहरुले आफ्नो बिचार राख्ने स्थान नपाएको बताउदै अहिले प्रेस स्वतन्त्रताले गर्दा लेखकहरु लेखनकार्यलाई व्यवशाय बनाएर बाँच्न सक्ने संग्रौला बताउनु हुन्छ ।कुनै दलको पक्षमा आवद्द रहेका लेखकहरुलाई उहाँ यस्तो सुझाव दिनु हुन्छ कुनै लेखकले राजनितिक दास भित्र नरहेर स्वतन्त्रतापुर्वक लेख्नु पर्छ यदी उनीहरुले ठूलो साझा समाजको लागि लेख्छन् भने कुनै पार्टी भक्त हुनु हुदैन पार्टी भनेको संरचना हो । यसले सिमा बनाउन्छ त्यसमा व्यक्तिगत स्वतन्त्रता अर्पण गर्नु पर्छ । त्यसैले म पार्टीमा चाँहि आवद्द भइन राजनीतिमा चाँही रहीरहे ।
Email
