मंसिर १९,नारायण गोपाल र १९ रहस्य
मंसिर १९,नारायण गोपाल र १९ रहस्य
वाशुदेव मरहटठा
१९अंक नेपाली हरुकालागी अफाप नै भन्दा हुन्छ । चाहे गतेमा होस् वा तारिक यो दिनमा इतिहासमा निकै ठूला दुर्घटना हरु भए। २०५८ जेष्ठ १९ को घटना संगै १९ लाई अशुभ मानिए पनि एक राजनीति शास्त्रीका अनुसार बहुदल पछि मात्र हैन २०१९ को संबिधान संगै नेपालमा १९ कै दिन थुप्रै घटनाहरु भएका छन । एक त नेपाल कै ईतिहासमा सबै भन्दा बढ़ी संसोधित,लामो समय सम्म चलेको असफल संबिधान हो यो । तर राजनितिमा मात्र होंइन १९ को आक्रमण नेपाली संगीत म पनि पर्यो भर्खरकै कुरा गर्ने हो भने पनि यही नोभेम्बर 19 का दिन भएको संगीत कर्मी राम थापा को निधन जसको संगीत मा रहेको ऋतू हरुमा तिमी बोलको गीत बिश्व कै १० उत्कृष्ट गीत भित्र पर्न सफल भएको थियो। तर बहुदल पश्चात् को पहिलो चरणमा नेपाली सुगम संगीतका सिरानी व्यक्तित्व स्वर सम्राट नारायणगोपाल को निधन अर्थात् नेपाली संगीत मा एउटा ईतिहासको अन्त २०४७ मंसिर १९। युगले जन्माउछ सामान्यलाई तर युगलाई जन्माउने बिरलै हुन्छन भने झै नारायणगोपाल को स्वर र संगीत ले मौलिक नेपाली सुगम संगीत को प्रतिनिधित्व गर्छ। काठमांडू को किलागल टोल मा सम्बत १९९६साल असोज को १८ गते जन्मनु भएका नारायणगोपाल आफ्न पिता आसागोपाल गुरुवाचार्यको प्रेरणाले संगीत मा लाग्नुभयो। स्वर संगै संगीत ले पनि नेपाली स्रोताको मन कब्जा गर्न सफल स्वर सम्राटले संगीत मा कहिले सम्झौता गर्नुभएन। त्यास कारण वहा का गीत फूलको जवानी जस्तो सितको काहानी जस्तो भन्न मन पाराउथे संगितकारहरु झन्नै ५०० भन्दा बढी गीत मा स्वर र ३०० जती गीत मा संगीत समेत दिनुभएका नारायणगोपाल को २०२७ फागुन मा पेमला लामा सँग विवाह भए पनि कुनै सन्तान हुन सकेन अहिले पेमलाको पनि मृत्यु पछी केबल वहांका गीत संगीत मात्र हो स्वर सम्राट को सम्झना। ४दाजुभाइ तथा ३दिदिबहिनी मध्ये एक नारायण गोपालले नेपाली संगीतमा पुर्याउनु भएको योगदान स्वरुप दर्जनौ सम्मान बाट सम्मानित हुनुहुन्छ। ५१ बर्से जिवनायात्रामा वहाँका थुप्रै गोप्य फाइल हरु छन जसमध्ये संक्षेप का १९ रोचक प्रसंग।
१- नारायणगोपाल ले स्वर सम्राट का रुपमा बिशिस्टता पाउनु भएपनी वहाँको जीवनको पहिलो पुरस्कार भने संगीत बिधाका लागि मिलेको थियो। २०२३ साला मा रेडियो नेपाल ले प्रदन गरेको \"सर्बोत्तम संगीतकार को पुरस्कार नै वहाँको जीवनको पहिलो पुरस्कार हो। त्यस को १ बर्ष पछीमात्र वहाँले गयानका लागि पुरस्कार पाउनु भएको थियो।
२- कुस्तिमा निक्कै खप्पिस नारायणगोपाल शरिरिकरुपमा पहलामनका रुपमा कहलिएका थिए। नजिकका साथी नगेन्द्र थापाका अनुसार नारायनागोपाल ले कुस्ती पनि सिक्नुभएको थियो। यदि वहाँ संगीत मा नलागेको भए ईतिहासबिद बन्नू हुन्थ्यो किनकी वहाँ ईतिहास मा पनि निकै पोक्त हुनुहुन्थ्यो ।
३- नेपाली ईतिहास मा अहिले सम्म जनतालेनै दिएको बिशेषण स्वर सम्राट मात्रै हो। यो कुनै ब्यक्ती बिशेष ले दिएको हैन शुरुमा स्वर सम्राट भन्ने कवि भुपी शेरचन हुन २०२८ सालमा पोखराको एक कार्यक्रममा भुपिले नारायणगोपल लाई स्वर सम्राट भनेर सम्बोधन गरेका थिए पछी गोरखा दक्षिणबाहू दिदा राजाले पनि स्वर सम्राट नै उच्चारण गरे यसरी नारायणगोपल निर्बिबाद स्वर सम्राट नै रहनु भयो।
४- नारायण गोपाल एक असफल पत्रकार हुन। २०२८ तिर सुरु गरिएको बाजा,गीत्र नाच को छोटकरि रूप \"बागिना\" का ब्यबस्थापक तथा सम्पादक समेत रहनु भएका नारायण गोपाल ले यसलाई ३अंक भन्दा निरन्तरता दिन सक्नु भएन।
५- नेवार कुल मा जन्मिएको भएर पनि हुन सक्छ नारायणगोपाल खानामा निक्कै सौखिन हुनुहुन्थ्यो प्रय आफुलाई मनपर्ने पारीकार आँफै बनाउन मन पराउने नारायणगोपाल लाई बदेल को सांदेको मासु साह्रै मन पर्थ्यो। येसैगरी अमिलो ,पिरो दुध, घिउ वहाँ लाई साह्रै मन पर्थ्यो त्येसैले स्वर बिग्रन्छ भनेर यसलाई कहिले छोड्नु भएन संगीत अन्वेषक प्रकाश सायमिका अनुसार नारायण गोपाल गुदपाक ,पुस्टकरि लिएर टुडिखेल मा बसेर खानु हुन्थ्यो।
६- नारायणगोपालले पूर्व पश्चिम राजामार्ग बनेका बेला हेटौंडामा कुल्लिकाम समेत गर्नु भएको छ गीतकार भीम बिराग का अनुसार\"राती म तबला बजाउथे वहाँ एक प्याग लगएर गाउँउहुन्थ्यो , तर किन कुल्ली काम गर्नु भयो थाहा भएन तर लामो समय चाँही गर्नु भएन\"।
७ गायक प्रेम ध्वज प्रधान १३ साल तिरको कुर सम्झदै भन्नु हुन्छ\"तेती बेला १२ १३ जनाको हामी एउट समुह थियौ। नारायण गोपाल पनि हाम्रो टिमामा थियो। हामी पालै पालो गाउने अनी बजाउने गर्थेऊ जब नारायणगोपाल को पालो आउथ्यो उ गाउन लजौथ्यो बजाइ मात्र रहन्थ्यो। एक दिन चाँही साह्रै कर गरे पछी गयो अनी मैले भने यती राम्रो स्वर भएको मान्छे पनि लजाउने अब स्वर परीक्षा दिनुपर्छ भनेर रेडियोमा मैले नै दिन मिलाए तर गाउने दिन त जानै मानेन बल्ल बल्ल मैले तानेर र योगेश बैद्य ले पछाडि बाट धकेल्दै रेकोर्डिङ रुमा मा पुर्यायेऊ \"पाँचइको पंखा मा धर्तिको याद आयो\" गीत गाएर उस्ले स्वर परीक्षा पास गर्यो।
८- नारायणगोपाल ले युगल गीत गाउँ लजाउनु हुन्थ्यो। रत्न शमशेर थापाको सब्दमा सुरु तिरै आफ्नै संगीत मा तारा देवी संग रेकोर्ड गर्नु भएका नारायणअगोपालले \"ए कान्छा ठट्टै मा यो बैस जान लाग्यो बोल को गीत एक अर्का लाई नहेरिकन गएको गीत हो यती सम्म कि संगै रेकर्ड पनि गरिएको होइन तर पछी युगल गीतमा सबै भन्दा बढ़ी लोकप्रिय गीत बन्यो।
९- नारायण गोपाल को फ्यान को कोटि मा सबै भन्दा धेरै पत्र पठाई रहने युबती हुन पाल्पाकी रुप प्रधान प्रकाश सायमी आफ्नो पुस्तक मा प्रकाशित सामाग्री बारे भन्छन\" एक पत्रमा रुपा प्रधान ले नारायणगोपाल लाई लेखेकी थियिन \"तपाइको गीत ले पाइला रोकिदिन्छ मुटु झस्काइदिन्छ आसु बगाइ दिन्छ अब भन्नुस् म के गरु? जवाफ मा नारायणगोपाल ले ठत्टेउलो पाराले लेखनु भएछ नारायणगोपाल लाई या त मृत्युदण्ड दिनु पर्छ या त कालापानि पठाउनु पर्छ।
१०- नारायणगोपाल एकदिन रेडियो नेपाल पुग्नु भयो गीत नबजेर हैन बढ़ी बजेर वहाँ को \"यो सम्झिने मन्छ \"बोल को गीत रेडियो मा बढ़ी बज्न थाले पछी वहाँ ले रेडियोमै गएर कृपया मेरो एउटै गीत लाई धेरै पटक नबजाइदिनुहोला यसलेमेरो गीत को लोकप्रियता घट्छ भन्नु भएछ ।
११- नारायनागोपलको मृत्युहुनु भन्दा अगाडि नै वहाँ को मृत्युको खबर फैलिएको थियो वहाँको उपचार मा संलग्न चिकित्सक डक्टर राममान त्रिसित का अनुसार तेतिबेला नारायणगोपाल लाई icu मा राखिएको थियो वहाँको नाडिको गती निक्कै धमिलो थियो कहिले आउने कहिले नाउने बेलुकानै मृत्युको खबर फैलिसकेछ तर वहाँको निधन मंसिर१९ राती सवा ९ बजे भएको हो।
१२- म सुकिय पोखरी हाइस्कुलमा पढ्थे हाम्रो फोटो आदान प्रदान भाई सकेको थिएन मैले वहाँ लाई सुनेको आधारमा क वि कलाकार भनेको लामो लामो कपाल दारि,अग्लो पातलो यस्तै सोछेको थिए पछी एकदिन गोपाल योन्जन दाई ले ल नारायणगोपाल आउनुभाको छ हेर्न हिद भन्नु भयो अनी वहाँले चाइनाइ दिनु भयो मैले त वहाँको साथी लाई पो नमस्कार गरेछु मैले सोचेको भन्दा बिपरित पए।
१३- नारायण गोपाल र पेमलाको पहिलो डेटिंग दर्जिलिङ को सुकिय पोखरिमा भएको हो। पहिलो भेट्मा नै पेमला ले नारायणगोपाललाई प्रश्न गर्नु भएको रहेछ \"आजको हाम्रो पहिलो भेट लाई गीत बनाएर गाउँ सक्नु हुन्छ? नारायणगोपाल ले पनि स्विकरेछन पछी आफ्नो साथी नगेन्द्रथापालाई परिस्थिती अनुकुलको गीत लेख्न अनुरोध गर्नु भयो नगेन्द्र थापाका अनुसार उस्ले यदि तिमीले राम्रो गीत लेखेनौ भने म कहिले पनि तिम्रो गीत गाऊदिन भनेपछी मैले पनि लेखे\"यो मौसम यो हरियाली\" तर नारायणगोपाल ले पेमला कै लागि गाउनु भएको गीत चाँही चिनारी हाम्रो धेरै पुरनो बोल को गीत हो। यो गीत वहाँले पत्र संगै पेमला लाई चिनो पनि पठाउनु भएको थियो।
१४- program fixed come soon मैले पठाएको टेलीग्राफ यही हो । काठमाडौंको एक भेट मा संगीतकार कर्मा योन्जन सम्झिनु हुन्छ मलाई केही पनि थाहा थिएन दाई ले यती गर्नु पर्छ है भन्नु भो तर पछी यही देखाएर दर्जिलिङ मा मेरो कार्यक्रम हुँदै छ म जानु पर्छ भनेर घरबाट आउनु भएर पेमला सँग पो बिहे गर्नु भएछ मैले पछीपो थाहा पाए पछी बुवा आमाले नभने भनेर साह्रै गाली गर्नु भो।
१५- अन्तर्जातिय विवहाको करण नारायण गोपाल को घर सँगको सम्बन्ध केही समयको लागि बिग्रियो त्यसपछि वहाँ भुपी शेरचन घरमा निशुल्क बस्दै आउनु भएको थियो तर निशुल्क बस्नु श्रीमती पेमला लाई उचित वहाँले लागेना पछि वाह ले पोखरा कै मैना देवी मा. वि मा पढ़ाउदै त्यसैले घर खर्च जुटाउनु भयो।
१६-नेपालि आधुनिक संगीत का पर्यायबाचि स्वर सम्राट नारायण गोपाल ले औपचारिक रुपमा कसै बाट पनि संगीत को शिक्षा लिनु भएन आफ्नै पिता लाई प्रेरणा को रुपा म लिनु हुने नारायणगोपाल ले मानविकीशास्त्र मा स्नातकोत्तर गर्नु भएको थियो भने संगीत पढ्न भरत को बढोधा मा जानु भएपनी अध्ययन नसकी फर्किनु भएको हो।
पप गीत को औपचारिक सुरुवत ॐबिक्रम बिष्ट बाट भएको मानिए पनि नारायण गोपाल लाई सुरुमा पप गीत गएको भनी आलोचना पनि गरिएको थियो यती सम्मकी पिता आसागोपाल गुरुवचर्यले छोरा छाडा संगीत मा लाग्यो भनी संगीत बाट नै अलग गराउन समेत् खोज्नु भएको थियो हुन पनि नारायण गोपाल को सुरुतिर रेकोर्ड गरिएका गीत हरु पप सैली का नै पाईन्छ जस्ताइ\"स्वोर्गकी रानी,भो भो मलाई नसोध\"।
१७- नारायणगोपाल आफुलाई मन नपरे पछी कसै सँग पनि डराउनु हुँदैन थियो काली प्रसाद रिजाल एक घटना सम्झिदै भन्नु हुन्छ\"नारायण गोपाल ले कत्ती पटक आफ्नै अगाडि गीत मन परेन भनेर च्यतिदिनु भको छ एकदिन फेरी वहाँले एउटा गीत लेख म लीन आउछु भन्नु भो अब डर लग्न पो थाल्यो के लेख्ने नराम्रो भए च्यतिदिनुहुन्छ कस्तो लेख्ने भनेर साह्रै पिर पर्यो तैपनी लेखे ३दिन पछी वहाँ गीत तयार भयो त भन्दै घरै मा आउनु भयो डरै डरै कोटको भित्री गोजी बाट २ वटा गीत दिए अनी वहाँले २ पटक ३ पटक सम्म पढ्नु भयो र चिया पनि नखाइ जुरुक्क उठेरा हिंड्नु भो म झन अतिए राम्रो पनि भन्नु भएन नराम्रो पनि भन्नु भएन अब झन सम्बन्ध पो बिग्रयो क्यारे भनेको त्यसको सात दिन पछी गीत सुने दुबै लाई मिलाएर एउटै गीत बनाउनुभएछ। गीत थियो\"झरेको पात झै भयो\"।
१८- नारायणगोपाल सस्कृतिक सस्थानको महा प्रबन्धक हुँदा कार्यक्रममा ढिलो आएको निहु मा मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्य लाई निकाली दिनुभएको थियो यस्बाट नारायण गोपाल मुडी स्वाभाव को हुनुहुन्थ्यो भन्ने प्रस्ट हुन्छ।
१९- नारायण गोपाल हसाउनमा निकै खप्पिस हुनुउन्थ्यो प्रेम ध्वज प्रधान भन्नु हुन्छ \"वहाँ कहिले कसैको सैली मा समाचार भनेर त कहिले किसोर र रफिको गीत अर्कै सुर मा गएर रमाइलो गर्नुहुन्थ्यो। उता नगेन्द्र थापा भन्नु हुन्छ \"बिर अस्पातल को सैयमा नारायण पशुपति नाथलाईइ सम्झ है भन्यो उ चंही के गर्ने नगेन्द्र जती जती पशुपतिनाथ सम्झु भन्छु तेती तेती जोगमेहर को अनुहार याद आउछ भन्नु हुन्थ्यो एकदिन वहाँ लाई कसैले सोधेछ राम्रो स्वोर हुने गाइका लाई कोइली भनिन्छ भने गायक लाई के भनिन्छ प्रश्न नसकिदै जवाफ दिनुभएछ कोइला ।
साच्चै नारायणगोपाल को मुटु रक्सी र चुरोट ले कोइला जस्ताइ भै सकेको थियो । तेसैले ५१ बर्ष को उमेरमै वहाँको निधन भयो र नेपाली संगीत को एउटा अध्याय यसरी बन्द भयो२०४७ मंसिर १९ गते । आज स्वर सम्राट नारायणगोपाल को सम्झना ले अन्य संगीत को अतिक्रमणमा परेको नेपाली सुगम संगीत लाई पुन: ब्युझाइदिन्छ। वहाँको १९औ पुण्य स्मृति दिवस को अबसर मा हार्दिक श्रदांजलि ।
Print
Email
ramesh baniya (baniya321@yahoo.com), sydney, australia
very very nice critiques, a step by step heart touching and funny events that our swar samrat had been through. i believe that "kamal pakkai hiloma fulchha"...long live narayan gopal...
Rabi Bhatta Roshi (rabi_roshi@yahoo.com), Chitwan
Very fantastic
Rabi Bhatta Roshi (rabi_roshi@yahoo.com), Chitwan
Very fantastic
balkrishhnalamsal (balkrishna_lamsal@hotmail.com), kathmandu
best
bi.thapaliya (b.thapaliya@yahoo.com), bharatpur -12
ramro lagyo.