प्रधानमन्त्रीले राजिनामा नदिएसम्म राजनीतिक संकटको समाधान हुन सक्दैन : पौडेल

साउन २१ । काठमान्डौ, नेपाली कङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्री बाबुराम भट्टराईले राजिनामा नदिएसम्म राजनीतिक संकटको समाधान हुन नसक्ने बताउनु भएको छ ।

उहाँले भन्नु भयो, "राजनीति समाधानको लागि 'नेपाली कङ्ग्रेसको पहिलो शर्त नै प्रधानमन्त्री बाबुराम भट्टराईको राजिनामा माग हो"

राष्ट्रपति र दलहरुबीचको छलफलमा भाग लिन राष्ट्रपति निवास पुग्नु भएका पौडेलले छलफलबाट बाहिरिनेक्रममा यस्तो बताउनु भएको हो ।

दलहरुबीच गत वर्षको कार्तिक १५ गते भएको ७ बुँदे सहमति र वैशाख २१ गते भएको पाँच बुँदे सहमति तथा संविधान सभाभित्रको संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उप समिति वैठकले गरेका सहमतिसमेत अगाडि बढाउने गरी सहमत हुनसक्ने देखिएको जानकारी गराउनु भयो ।

यद्यपी आजको बैठकले नै निर्णय गरिहाल्ने सम्भावना नरहेको उहाँले बताउनु भयो ।

पौडेल पोखराका कङ्ग्रेस जिल्ला सचिवहरुको भेला समापन कार्यक्रममा सहभागी हुन वैठक छोडेरै हिंड्नु भएको थियो ।

           Print     Email 
प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
   

समूह : राजनीति
Ausnepalnews Radio
भिडियो
अनलाईन जनमत

जीवनको लक्ष्य के हो ?

धन आर्जन
प्रतिस्ठा आर्जन
आत्म तत्व बोध
अन्य कुनै

 

ausnepalnews
ausnepalnews radio
ausnepalnews radio

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player