साउन १७ । काठमाडौं,नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख डा.मिनेन्द्र रिजालले माओवादीले वार्ताको नाममा धेरै धोका दिएको भन्दै भदौदेखि सरकारविरुद्ध बृहत आन्दोलन गरिने चेतावनी दिनु भएको छ ।
आज राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले अब संबादमा नअल्मलिकन दशै अघिनै सबै मुद्दालाई छिनोफाने गर्ने गरी आन्दोलन गर्ने बताउनुभयो ।
निश्चित समयसम्म संविधानसभाको काम पनि गर्ने गरी संसदको निर्वाचन गर्ने म्याण्डेड सभापतिहरुको भेलाले कांग्रेसलाई दिएको भन्दै उहाँले अब विपक्षी गठबन्धनसँग छलफल गरेर भावी रणनीति तय गरेर अगाडि बढ्ने स्पष्ट पर्नुभयो ।
कांग्रेस सहमति विना प्रधानमन्त्रीको उमेदवार घोषणा गरेर भित्ते प्रधानमन्त्री बनाउने शोचमा नरहेको भन्दै नेता रिजालले सहमति नभइकन उमेदवार घोषणा नगर्ने स्पष्ट पार्नुभयो ।
नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदिप ज्ञावलीले वार्ता र छलफलको माध्यमबाटै निकास खोज्ने प्रतिपक्षीदलहरुको प्रयासलाई प्रधानमन्त्रीले कमजोरी ठानेको दावी गर्दै त्यसको महंगो मुल्य चुकाउनु पर्ने चेतावनी दिनुभयो । गतिरोध अन्त्यको प्रस्थान विन्दु प्रधानमन्त्रीको राजीनामा भएको भन्दै उहाँले त्यसपछि संविधान, शान्ति र निर्वाचनको रोडम्यापमा सहमति गरेर अगाडि बढ्नु पर्ने धारणा राख्नुभयो । एमाले देशब्यापी आन्दोलनको तयारीमा रहेको भन्दै उहाँले छिट्टै सरकार विरुद्ध निर्णायक आन्दोलनको घोषणा हुने बताउनु भयो ।
राष्ट्रिय जनशक्ति पार्टीका सह अध्यक्ष डा प्रकासचन्द्र लोहनीले विपक्षी दलहरुले विकल्पमा प्रधानमन्त्रीको साझा उमेदवार प्रस्तुत गर्न नसकेर गल्तीगरेको दावी गर्नुभयो ।
- ललितपुरका निजि शिक्षण संस्थामा पठन पाठन ठप्प
- सहयोगी विकास बैङ्कको ५० लाख लुट्ने एक जना पक्राउ
- ११ जिल्लाका बाढी पीडितलाई तत्काल राहत वितरण गरिने
- माओवादी केन्द्रिय समितिको बैठक स्थगित
- मोरङका आगलागीबाट विस्थापित परिवारलाई घर हस्तान्तरण
- मन्त्रिपरिषद्को बैठक बस्दै
- भीषण बाढीले पुर्याएको क्षतिको यकिन विवरण छैन..
- हवाई जहाज खरिद गर्न १० अर्ब ऋण दिने सम्झौतामा हस्ताक्षर
- निर्वाचन आयोगद्वारा निर्वाचन तालिका स्वीकृत
- २२ जना पुर्व लडाकुले तालिम छाडे







