अष्नेपाल न्यूज
सिड्नी अष्ट्रेलिया।
अष्ट्रेलीयाका पूर्व प्रधानमन्त्री केभीन रड फेरी चुनावी मैदानमा उत्रने निश्चित भएको छ। अष्ट्रेलीयन लेवर पार्टीले आफ्नो वेभसाइटमार्फत यसको पुष्टि गरेको हो। ब्रिसवेन स्थित आफ्नो चुनावी क्षेत्र ग्रिफीटबाट उनले चुनावी प्रतिश्पर्धा गर्ने तय गरिएको छ।
अष्ट्रेलियन लेवर पार्टीको अलोकप्रियताको आधार मानीएको रडको नेतृत्वलाई चुनौती दिँदै जुलिया गिलार्ड पहिलो महिला प्रधानमन्त्री बनेपछी उनले राजनीतीबाट हात झिक्ने आशंका गरिएको थियो। जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघ सल्लाहकारका लागी नियुक्त गरिने भएपछी उनले चुनाब नलड्ने अड्कल काटिएको थियो।
अष्ट्रेलीयन लेवर पार्टीको घट्दो लोकप्रियताका कारण उनलाई आफ्नै पार्टीबाट आलोचीत हुनुपरेको थियो। प्रधानमन्त्री पदबाट अनपेक्षीत तरिकाले उनको बहिर्गमन भएपछी उनले राजनीतिबाट पर हट्न सक्ने संकेत गरेका थिए।
तर राजनीति जानकारहरु भने लेवर पार्टीको यो चुनावी रणनिती भएको बताउँछन्।