साउन १३ । राष्टिय निकुंज तथा वन्यजन्तु संरक्षणले नेपालमा वयस्क बाघको संख्यामा बृद्धि भएको जनाएको छ ।
विभागका अनुसार हाल सम्म वयस्क बाघको संख्या १५५ पुगेको छ ।
गत बर्षमा १२१ वटा यस बर्ष ३४ वटा बाघ थपिएका छन् ।
बाघ संरक्षण दिवसको अवसरमा विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चितवन राष्ट्रिय निकुंजको बरण्डा भाग क्षेत्रमा गएको बर्ष ९१ वटा बाघ रहेकोमा यस बर्ष १ सय २५ वटा पुगेको हो ।
२०६५ मा चितवन राष्ट्रिय निकुंजका ९१ वटा बाघ रहेकोमा यो बर्ष चितवन राष्ट्रिय निकुंज चुनिया र बरण्डा भाग क्षेत्रमा गरिएको गणनामा बाघको १ सय २५ पुगेको हो अबको १० बर्षमा बाघको संख्या २ सय ५० पुर्याउने लक्ष्य राखिएको छ ।
सन २०१० लाई बाघ बर्षकै रुपमा मनाउने घोषणा अनुसार बाघ पाइने देशहरुमा आज बाघ संरक्षण दिवस मनाइएको छ । विश्वभर प्राकृतिक वासस्थानमा झण्डै ३ हजार २ सय वटा बाघ छन् ।
ब्ााघ दिवसका अवसरमा नेपाल र भारत बीच डिल्लिमा भएको सिमसमार वन्यजन्तु संरक्षण सम्बन्धि बैठकले गरेको सहमतिमा आज हस्ताक्षर भएको छ ।