साउन १३ । सवारी दुर्घटनामा परी पोखरामा एक सैनिक जवानको मृत्यु भएको छ ।
मृतक सैनिक जवान पोखरा विमान स्थल स्थित भर्याङ गणमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।
दैलेख सैनिक जवान जगत बहादुर बडवालको उपचारका क्रममा मृत्यू भएको हो ।
ग २ प ४६ नं को मोटरसाइकलमा सवार बडवाललाई ग १ च २९२६ नं को प्राइभेट कारले ठक्कर दिएपछि दिदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मोटरसाइकल चालक नरेन्द्र कुमार घाइते भएको छन् ।
घटना पछि फरार रहेको कार आज बिहान पुलचोक स्थित राजभण्डारी ग्यारेजमा फेला परेको छ भने कार चालक फरार रहेका छन् ।
कार चालकको अहिले खोजी भैरहेको प्रहरीले जनाएको छ ।