साउन १३ । बारामा अज्ञात समूहले गोली हानी १ जना एकिकृत नेकपा माओवादी कार्यकर्ताको हत्या गरेको छ ।
गएराति बाराको परशुरामपुर गाविस - १ जुलगाभा निवासी केशरी प्रसाद यादवको गोली हानी हत्या भएको हो ।
घरमा सुतिरहेका बेला राति २ बजे अज्ञात समूहले यादवलाई गोली हानी हत्या गरेको हो ।
छाति र पेटमा गोली लागि गम्भिर घाइते भएका ३१ बर्षीय यादवलाई उपचारको लागि कलैया लैजादै गर्दा बाटोमा मृत्यू भएको प्रहरीले बताएको छ ।
माओवादी भोजपुरा राज्यका सदस्य समेत रहेका यादवको शवलाई जिल्ला अस्पताल कलैया राखिएको र घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।