साउन १२ । नेपाल राष्ट्र बैंकले नँया मौन्द्रिक नीति सार्वजनिक गरेको छ । मौन्द्रिक नीति अनुसार अर्को व्यवस्था नभए सम्म नँया बैंक खोल्न प्रतिबन्ध लगाएको छ ।
हाल भैरहेको बैंकहरु गुणस्तरमा बृद्धि नभएकाले यसमै जोड दिनका लागि बैंक खोल्न रोक लगाएको राष्ट्र बैंकले जनाएको छ ।
मौन्द्रिक नीतिले नँया बैंक खोल्ने सोचमा रहेकोले निरास बनाइएको हाउजिङ व्यावशायलाई बैंक कर्जा सहज बनाउने भएको छ ।
बैंकले जग्गा व्यावशायीलाई पनि निरुत्साहित गरेको छ । मौन्द्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गर्भनर युवराज खतिवडाले असल कर्जाको धितोमा उपलब्ध गराउदै आएको पुर्न कर्जा ७ प्रतिशतमा नै दिने बताउनु भयो ।
राष्ट्र बैंकले शेयर धितो कर्जाको सिमा बढाउनुका साथै विदेश जान विदेशी मुद्रा विनिमयमा सरल नीति बनाइएको छ ।
चालु बर्षको मौन्द्रीक नीतिले मुल्य बृद्दि नियन्त्रण र उत्पादन मुलक क्षेत्रमा कर्जा बढाई आर्थिक बृद्ध्दिरलाई माथि उकास्ने लक्ष्य लिएको बैंकले जनाएको छ ।
त्यस्तै कृषिजन्य वस्तुमा विदेशी आयातलाई कम गरी निर्यात बढाउने नीति स्वरुप बंैक तथा वित्तीय संस्थालाई पशुपालन र खेती चाहने किसानलाई सरल रुपमा कर्जा उपलब्ध गराइने व्यवस्था पनि मौन्द्रिक नीतिमा समेटिएको छ ।
यस अधि सरकारले बजेट घोषणा गरेपछि त्यसलाई सहयोग पुर्याउन मौन्द्रिक नीति ल्याइने गरेपनि राजनीतिक खिचातानिका कारण सरकारले पेश्कि बजेट ल्याए पछि राष्ट्र बैंकले पनि अन्तरिम मौन्द्रिक ल्याएको हो ।