साउन १२ । मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले स्वायत्त मधेस प्रदेशका लागि लिखित प्रतिवद्धता नआएमा मधेसी मोर्चाले संयुक्त रुपमा संघर्ष गर्ने चेतावनी दिनु भएको छ ।
राजधानिमा आज आयोजित एक कार्यक्रम मार्फत अध्यक्ष यादवले मेधेसी मुद्दामा दलहरुले सकारात्मक ढंगले पूरा नगरे देशै संकटमा पर्न सक्ने बताउनु भयो ।
आगमी १७ गते हुन लागेको तेस्रो चरणको बहमतीय प्रधानमन्त्री चुनावमा कुनै पनि दललाई समर्थन गर्न सकिने उहाँको भनाई थियो ।
तर यसबारे कुनचाँही दललाई समर्थन गर्ने भन्ने बारेमा भने मोर्चा बीच छलफल र निर्णय हुन बाँकी रहेको यादवले बताउनु भयो ।
उहाँले एमालेले गैर लोकतान्त्रिक र गैर कम्युनिष्ट प्रकृतिको निर्णय गरेर अध्यक्ष झलनाथ खनाललाई फसाएको आरोप लगाउनु भयो ।