साउन १२ । प्रविणता प्रमाण पत्र तह खारेज गर्ने सरकार र तीन विद्यार्थी संगठनको निर्णयको विरोधमा आन्दोलन गर्दै आएका ११ विद्यार्थी संगठनले फेरी अनिश्चितकाल आमहड्तालको चेतावनी दिएका छन् । सरकारले साउन १९ गते सम्म पनि प्रमाणपत्र तह हटाउने निर्णय फिर्ता नगरे जस्तासुकै आन्दोलन गर्न पनि पछि नपर्ने विद्यार्थीहरुले बताएका छन् । विद्यार्थीहरुले आफ्ना मागहरुलाई अझै पनि सरकारले वेवास्ता गरेमा साउन २० गते देखि अनिश्चितकालिन आम हडताल गर्ने चेतावनी दिएका छन् । आन्दोलनरत विद्यार्थी संगठन भातृ पार्टीका नेता अविभावक र बुद्धिजिविसँग छलफल गरेर विद्यार्थी संगठनले आफ्ना आन्दोलनका कार्यक्रम फिर्ता नलिने निर्णय गरेको मधेसी विद्यार्थी फोरम लोकतान्त्रिकका अध्यक्ष कपिलेश्वर यादवले जानकारी दिनु भयो ।