साउन १२ । पोखराको फेवातालमा आज बिहान कायक डुब्दा १ जना युवक वेपत्ता भएका छन् ।
ताल बराही महाईघाटदेखि पारी जाने क्रममा बिहान ९ बजे चिलि रेष्टुरेन्टमा कार्यरत २१ बर्षीय
दिपक पर्यार कायक सँगै तालमा वेपत्ता भएको प्रहरीले जनाएको छ ।
उनको अहिले प्रहरी र स्थानीय बासिन्दाहरुले खोज्ने काम भैरहेको छ ।
कायक के कस्तो कमजोरीका कारण डुब्यो भन्ने बारे जानकारी भने हुन सकेको छैन ।