साउन १० । माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा लगानी गर्ने वित्तीय संस्था नेपाल विद्युत प्राधिकरण र आयोजनामा ऋण लगानी गर्ने नेपाल दुर संचार कम्पनी लिमिटेड नागरिक लगानीकोष र राष्ट्रिय विमा संचार बीच आज हस्ताक्षर भएको छ ।
शेयर धनी सम्झौतामा हस्ताक्षर भएपछि नेपालको लगानीमै सबै भन्दा सस्तो दरमा बन्न लागेको माथिल्लो तामाकोशी जल विद्युत आयोजनामा ऋण लगानी सम्झौताको लागि सहमति भएको हो ।
प्राधिकरणका प्रबन्धक एवं आयोजनाका पूर्व प्रबन्धक संचालक भोजराज रेग्मीले सम्झौता पछि अब ती वित्तीय संस्थाहरु माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडका साँझेदार भएको र उनीहरुलाई कम्पनीको संचालक समितिमा ल्याइने जानकारी दिनु भयो ।
उहाँले आयोजनाका लािग ऋण सम्भौतामा पनि एक हप्ता भित्र हस्ताक्षर हुने बताउनु भयो ।
आयोजनामा प्राधिकरणको ४१ प्रतिशत दुर संचारको ६ प्रतिशत कर्मचारी संचयकर्ताहरुको २० प्रतिशत दोलखा बासीको १० प्रतिशत सर्वसाधारणको १० प्रतिशत र कम्पनी तथा प्राधिकरणको ६प्रतिशत ऋण प्रवाह गर्न कम्पनीको ३ प्रतिशत लगानी छ ।
३५ अबै २९ करोड रुपैया लगानीमा बन्ने माथिल्लो तामाकोशीमा कर्मचारी संचयकोषले १२ अर्ब दुरसंचारले ६ अर्ब विमा संस्थान र नागरिक कोषले २ २ अर्ब र सरकारले ११ अर्ब ८ करोड ऋण प्रवाह गर्दैछन् ।