क्यान्सर रोगबाट पिडित ह्याण्डबल प्रशिक्षक एवं पूर्व रष्ट्रिय खेलाडी रंजन विष्टलाई श्वास्थ्य उपचारका लागि विभिन्न संस्था र व्यक्तिले आर्थिक सहयोग प्रदान गरेको छ । उनलाई नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले ५० हजार तेक्वान्दोका कुमार कार्की र गुँरास लाइफ इन्स्योरेन्सले सम्मान ५ हजार रुपैया प्रदान गरेका छन् ।
स्वर्गीय खेलाडिका परिवारलाई पनि आर्थिक सहयोग प्रदान गरिएको छ ।
ओसो खेलाडी चित्र बहादुर लामिछाने मगर तथा कोका कोला कप अन्र्तगत विद्यालय फटुवल प्रतियोगिताको क्रममा ज्यान गुमाएका ग्याल्जेन लामाको परिवारलाई सहयोग प्रदान गरिएको छ ।
खेलाडि संघले चित्रका परिवारलाई ३० हजार तथा ग्याल्जेनका परिवारलाई २० हजार प्रदान गरेका हुन् ।
चित्रका परिवारलाई बलम्बु सुकवानले ५ हजार तथा दुवै परिवारलाई कुमार र गुराँसले ५ ५ हजार रुपैया प्रदान गरेका छन् ।
यस्तै आफ्नो खुट्टाको उपचार गराइरहेका तेक्वान्दोका आशिष खड्कालाई कुमारले १० हजार रुपैया सहयोग प्रदान गरेको छ ।