भ्रष्टाचारको विरुद्धमा एउटा अभियान चलचित्र गंगाजल को प्रचारमा प्रयोग गरिएको यो नारा नै चलचित्रको मुल विषय हो । निर्देशक प्रमोद भण्डारीले आफ्नो चलचित्रमा सरकारी मातहतमा हुने भ्रष्टाचार र त्यसबाट पिडित पक्ष एवं भ्रष्टाचारका कारण देशलाई परेको नराम्रो असरलाई देखाउन खोजेको छ ।
देशभरीकै १८ वटा स्थानबाट एकसाथ सार्वजनिक हुन लागेको यो चलचित्रमा नायक शुसिल क्षेत्री भ्रष्टाचारी बनेका छन् ।
र उनलाई भ्रष्टाचार गर्न उत्प्रेरणा गर्ने खलपात्रको भूमिकामा उमेश खड्का छन् ।
नायक विराज भट्ट भ्रष्टाचारीको निर्मुल पार्ने अभियानमा लागेका छन् ।
भ्रष्टाचारीहरुलाई सखाप पार्ने नायकले मृत्यू सथ्यामा ग्रहण गरिने गंगाजल सेवन गर्छन् ।
मर्ने र बाच्ने आशा नराखेका अवस्थामा भ्रष्टाचारीहरुको दलदलमा फसेर उनीहरुलाई समाप्त्त पार्न नायक सफल हुन्छन् वा हुदैनन् भन्ने बारेमा भने पूरा चलचित्र नै हेर्न पर्ने हुन्छ ।
चलचित्र गंगाजलमा महेश खड्काको संगित रामसरण उप्रेतीको छायांकन रोसन श्रेष्ठको द्वन्द निर्देशन रहेको छ ।
सुनिल ढकालले निर्माण गरेको चलचित्र गंगाजलमा नायिका रेखा थापा भ्रष्टाचारी सिध्याउने अभियानमा विराजकी सहभागि भएकी छिन् ।