समूहहरु :
२०६७ भदौ २० गते आइतवार
प्रमुख समाचार :
तियानमेन डायरी' प्रकाशन रद्द

तियानमेन डायरी' प्रकाशन रद्द

असनेपालन्युज सिड्नी। मंगलबार बजारमा आउने भनिएको चीनका पूर्व प्रधानमन्त्री ली पेङको तियानमेन घटनासँग सम्बन्धित विवादास्पद डायरीको प्रकाशन रद्द भएको छ।

प्रकाशन संस्था हङकङको न्यू सेन्चुरी प्रेसका बओ पुले 'कपी राईट' कानुन उल्लंघन हुने चेतावनी सरकारले दिएपछि प्रकाशन रद्द गरिएको बताएका छन्।

 

प्रेसका संस्थापक पुले एक अन्तर्वार्तामा भनेका छन्, 'सम्बन्धित संस्थाले दिएको कपी राईट सम्बन्धी सूचना हङकङको कपी राईट कानुन अनुसार हामीले ली पेङको तियानमेन डायरी प्रकाशन रद्द गरेका छौँ।'

 

 

 

चीनको तियनामेन स्क्वायरमा २१ वर्षअघि विद्यार्थी विद्रोह दबाउन सेनाले गरेको कारबाहीको क्रममा २०० प्रदर्शनकारी मारिएको अनुमान छ। अधिकारकर्मीले एक हजार प्रदर्शनकारी मारिएको दावी गर्दै आएका छन्। अमेरिका लगायत पश्चिमा देशहरूले घटनाको छानविन गरी तथ्य बाहिर ल्याउन बेइजिङलाई दबाब दिन छाडेका छैनन्।

 

 

 

सन् २००३ मा पार्टीबाट अवकास लिएका ८१ वर्षका पूर्व प्रधानमन्त्री लीले तियनामेन घटना भएको १५ वर्ष पुगेको सन्दर्भमा २००४ मै आफ्नो संस्मरण प्रकाशनका लागि प्रस्ताव गरे पनि पार्टीको पोलिटब्यूरोले अनुमति दिएको थिएन। अहिले कुन निकायबाट 'कपी राईट' को कुरा उठाएर प्रकाशन रोकियो भन्ने पुले खुलाएका छैनन् तर ऐतिहासिक पुस्तक प्रकाशन गरी सर्वसाधारणको पहुँचमा पुर्याउन नसकेकोमा दुःख व्यक्त गरेका छन्।

 

 

 

तत्कालीन प्रधानमन्त्री पेङले गोप्य डायरीमा कम्युनिष्ट शासनको विरोधमा भएको विद्रोह दबाउन चिनियाँ कम्युनिष्ट पार्टी सरकारमा भएका विवादलाई समेटेका छन्। त्यसबेला पार्टीको सर्वोच्च पदमा रहेका उदारवादी कम्युनिष्ट नेता देङ सियाओपिङले 'सकेसम्म हिंसा कम गर्न तर आवश्यक परेको खण्डमा त्यसका लागि तयार रहन' दिएको निर्देशन अनुसार सरकारले कारबाही गरेको पेङले लेखेका छन्। पेङको संस्मरणमा चीनका वर्तमान नेताहरू राष्ट्रपति हु जिन्ताओ तथा प्रधानमन्त्री वेन जियावाओले त्यसबेला सैन्य कारबाहीको पक्षमा समर्थन गरेको दावी गरिएकाले उनको पुस्तक प्रकाशन रोकिएको अनुमान गरिएको छ।

 

 

 

चिनियाँ भाषामा लेखिएको डायरी गोप्य स्रोतबाट हात परेपछि पेङसँग अनुमति लिन पुले गरेको प्रयास पनि सार्थक भएको थिएन। पेङको डायरी प्रकाशनको समाचार सार्वजनिक भए लगत्तै यसको मूल कपी इन्टरनेटमा राखिएको थियो। तर सरकारले तत्कालै नेटबाट यसलाई हटायो। यो घटनाले चीनमा पुनः एक पटक 'कपी राईट' 'सेन्सरशीप' सम्बन्धी बहस सिर्जना गरेको छ। कतिपय विश्लेषकहरूले सार्वजनिक चासोको महत्वपूर्ण विषय भएकाले यस्तो सामाग्रीको 'कपी राईट' पनि 'पब्लिक' मै हुने तर्क अगाडि सारेका छन्।

 

 

 

हङकङको यो प्रेसले यसअघि तियानमेन स्क्वायरमा सैन्य हस्तक्षेपका विरोधी नेता झाओ झियङको संस्मरण प्रकाशित गरेको थियो। झाओले गोप्य रुपमा रेकर्ड गरेको टेपको आधारमा उक्त पुस्तक तयार गरिएको थियो। तियानमेन घटनापछि घरमै नजरबन्दमा राखिएका झाओको सन् २००५ मा मृत्यु भयो। हङकङको न्यू सेन्चुरी प्रेसका संस्थापक बओ उनकै छोरा हुन्।

Print     Email 
प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
   

अनलाईन जनमत
एमआरपी छपाइ भारतलाई दिने प्रक्रिया फिर्ता गर्ने माधव सरकारको निर्णय तपाईंलाई कस्तो लागयो ?
जनताको जीत
अनुत्तरदायी सरकारलाई जनताको झापड
कुर्सी बचाउने खेल
 
जन आवाज
अनलाईन रेडियो
कार्टुन
अनलाईन समाचार
शुभकामना सँगालो
पठाउनुहोस्
नेपाली पत्रपत्रिका
मौसम
LOCATION
MIN
MAX
RAIN
Kathmandu
12°C
36°C
2mm
Biratnagar
11°C
40°C
1mm
pokhara
8°C
25°C
3mm
Sydney
7°C
17°C
00mm
Canberra
6°C
9°C
1.2mm
Melbourne
8°C
8°C
2mm
Perth
12°C
20°C
00mm
Adelaide
9°C
18°C
00mm
Bharatpur
18°C
38°C
1.5mm
समाचार   सुन्नुहोस्

Australia
उपायोगि लिङक्स
 स्थानिय संघसंस्था
 सरकारी कार्यालय
अंग्रेजी समाचारपत्र
Total Visitors : 1390
Email:info@ausnepalnews.com Run By Nepal Australia Media Network. Director: Keshab Sapkota , Chief Editor: Bhimsen Sapkota