समूहहरु :
२०६७ भदौ २० गते आइतवार
प्रमुख समाचार :
"महाकाव्य पूरा नहुन्जेल काल पनि लिन नआउ"






 








रमा सापकोटा ।
 ९० बर्ष अघि लमजुङ जिल्लाको पुस्तुनमा जन्मनु भएका राष्ट्रकवि माधव घिमिरे पिता गौरी शंकर र माता द्रौपती घिमिरेकी जेष्ठ सुपुत्र हुन् ।

घिमिरेले संस्कृत भाषाको माध्यमबाट दर्शनशास्त्रमा ग्रेजुएसन सम्मको औपचारिक शिक्षा हासिल गरेका छन् । पढाइकै लागि १४ बर्षको उमेरमा ७ मोहर रुपैया लिएर घरबाट भागेका कवि घिमिरेले काठमाडौ रानीपोखरी स्थित दरबार हाइस्कुलबाट  पछिल्लो 
तहको शिक्षा हासिल गरेका हुन् ।

१५ बर्षको कलिलो उमेरमा नै स्वर्गीय जेष्ठी पत्नी गौरी घिमिरेसँग विवाह बन्धनमा बाँधिनु भएका घिमिरेका साथ हाल कान्छी 
श्रीमती ६ छोरी र २ छोरा छन् । सन्तान र पारिवारिक जीवनसँग अत्यन्तै सन्तुष्ठ रहेका कवि घिमिरे जेष्ठी पत्नी गौरीको असामयिक निधनलाई भने अझै विस्रन नसकेको बताउछन । यसै घटनामा भाव विह्वल हुदै रचिएको उनको खण्डकाव्यको पनि गौरी नै नामाकरण गरिएको छ ।
कवि घिमिरेले साहित्यक लेखन यात्रा भन्दा अघि कलेज अफ एजुकेशन र अन्य स्कुलहरुमा केही बर्ष अध्यापन पनि गराएका थिए ।
१६ बर्षको उमेर देखि साहित्यमा कलम चलाउन सुरु गरेका कवि घिमिरेका सुरुका कृतिहरु बाल कविता घामपानी, गौरी, बालालहरी, सुनपंखी चरी, बिजुले र बिजुला, लगायत हुन् । घिमिरेको मुख्य लेखन विधा कविता भएपनि गिति नाटक कथा निबन्धमा पनि कलम चलाएका छन् ।
घिमिरेका प्रमुख कृतिहरुमा कविता गौरी, नाटक मालती मंगले, गिती नाटक ओपेरा, कथा मनचिन्ते मुरली लगायत रहेका छन् भने सबै गरेर हालसम्म उनका प्रकाशित कृति २१ वटा पुगेका छन् । कथा मनचिन्ते मुरली नर्भेको पाठ्य पुस्तकमा अझैसम्म समावेश गरिएको छ । उनको निबन्ध चारुचर्चा सबै भन्दा धेरै पृष्ठ रहेको कृति हो भने सबै भन्दा महत्वपूर्ण र सानो आकारको
कृति गौरी हो ।
कवि घिमिरे अन्य संघ संस्थामा पनि आवद्ध थिए उनी नेपाल प्रज्ञा प्रतिष्ठान तत्कालिन रोयल नेपाल एकेडेमिको सदस्य २०१४, सोही संस्थाकै आजिवन सदस्य २०२८, उपकुलपति २०३६ र २०४६ मा कुलपति समेत भएका थिए ।

साहित्य मार्फत राष्ट्रलाई योगदान दिए वापत घिमिरे विभिन्न पुरस्कारबाट सम्मानित भइसकेका छन् । उनले त्रिभुवन पुरस्कार आदिकवि भानुभक्त पुरस्कार भुपालमान सिह पुरस्कार (५ लाख) लयायत आधा दर्जन भन्दा बढी पुरस्कार हात पार्न सफल भएका छन् भने २०६० मा राष्ट्रकविको उपाधि पाउन समेत सफल बने । हाल उनले पाउनु पर्ने भनिएको उज्वल कृतिमय राष्ट्रदिप तेस्रो श्रेणी सम्मान भने सर्वोच्च अदालतबाट फैसला हुन बाँकी छ ।

आफ्ना कृतिहरु मध्ये गौरी र अरु साहित्यक पुस्तकहर मध्येमा लक्ष्मि प्रशाद देवकोटाको मुनामदन घिमिरेका मन पर्ने कृति हुन् । स्वतन्त्र साहित्य लेख्ने क्रममा थुपै्र व्यावहारिक कठिनाइ र चुनौती आए पनि तत्कालिन राज्य र सरकारबाट कुनै अप्ठ्यारो नपरेको कविको भनाई छ । उनी भन्छन् दुख नपाइकनको सुख सुख हुदैन । चुनौतीहरुलाई झेल्दै अघि बढेको मानिसले मात्र सफलता पाउन सक्छ ।
राष्ट्रले साहित्यकारहरुलाई गरेको सम्मान
प्रति उनी पूर्ण सन्तुष्ट छन् । छन्दका कविता लोप हुनुको कारण समयको माग भएको उनको भनाई छ ।  विगतको भन्दा अहिलेको साहित्य छरिएको अवस्थामा रहेको उनको भनाई छ । अपवादका रुपमा केही साहित्यकार तथा लेखकहरुले अर्काको नचाहिदो आलोचना गर्ने अश्लिल शब्द प्रयोग गर्ने गाली गलौज गर्ने प्रवृतिमाथि कवि घिमिरे रुष्ठ छन् । उनी भन्छन् अर्कालाई तुच्छ गराएर र उसको नराम्रा पक्षलाई मात्र औल्याएर पाठक छक्क पार्ने र आफ्नो पेट पाल्न खोज्ने प्रति प्रवृत्ति प्रति दया लागेर आउछ । सकारात्मक प्रकारका सिर्जना लेखनले पनि एउटा साहित्यकार बाँच्न सक्छ । तर सबै पक्षलाई उठान गर्न सक्ने उत्कृकष्ण कृति हुनु पर्यो । नँया साहित्यकारहरुलाई कवि घिमिरे यस्तो संन्देश दिन्छन् । एउटा साहित्यकारले राजनीतिमा लागेर एक पक्षीय ढंगले मात्र प्रस्तुत हुनु हुदैन । किनकी राजनीति गर्ने काम राजनेताको हो साहित्यकारको हैन । गौतम बुद्धले विश्वलाई नै उपयोगी हुने शान्तिको संदेश छाडेर गए जस्तै सबैलाई काम लाग्ने विचार हुनु पर्छ ।

हाल साहित्य क्षेत्रमा भएको विकृतिलाई उनी औल्याउन चाहदैनन् । किनकी यो आफै खत्तम भएर जानेमा घिमिरे विश्वस्त छन् । आकाश घाम खोला जंगल जस्ता   प्रकृतिका विभिन्न स्वरुप
हेरेर आनन्दित हुने 
कवि शास्त्रीय संगित र एकान्तमा गाएको एकल लोक गित सुन्न मन पराउछन् । फुस्रदको समयमा लेख्न मन पराउने घिमिरेमा नब्बे बर्षको उमेरमा पनि सिर्जना गर्ने जोस र जाँगरमा कमी छैन । शारिरिक रुपमा केही अशक्त हुदै गए पनि अझै उनी महाकाव्यको तयारी गर्ने क्रममा छन् । उनी मुत्यूलाई विन्ति गर्दै भन्छन् । मेरो महाकाव्य पूरा नगरी तिमी काल मलाई लिन नआउ ४ बर्ष अघि देखि नै महाकाव्य लेख्न सुरु गरेका कवि यो पुरा हुन अझै डेढ बर्ष लाग्ने बताउछन् ।





 

 
Print     Email 
प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
   

9.   इन्द्रा वन -    (2008-11-23)
अनलाईन जनमत
एमआरपी छपाइ भारतलाई दिने प्रक्रिया फिर्ता गर्ने माधव सरकारको निर्णय तपाईंलाई कस्तो लागयो ?
जनताको जीत
अनुत्तरदायी सरकारलाई जनताको झापड
कुर्सी बचाउने खेल
 
जन आवाज
अनलाईन रेडियो
कार्टुन
अनलाईन समाचार
शुभकामना सँगालो
पठाउनुहोस्
नेपाली पत्रपत्रिका
मौसम
LOCATION
MIN
MAX
RAIN
Kathmandu
12°C
36°C
2mm
Biratnagar
11°C
40°C
1mm
pokhara
8°C
25°C
3mm
Sydney
7°C
17°C
00mm
Canberra
6°C
9°C
1.2mm
Melbourne
8°C
8°C
2mm
Perth
12°C
20°C
00mm
Adelaide
9°C
18°C
00mm
Bharatpur
18°C
38°C
1.5mm
समाचार   सुन्नुहोस्

Australia
उपायोगि लिङक्स
 स्थानिय संघसंस्था
 सरकारी कार्यालय
अंग्रेजी समाचारपत्र
Total Visitors : 1382
Email:info@ausnepalnews.com Run By Nepal Australia Media Network. Director: Keshab Sapkota , Chief Editor: Bhimsen Sapkota