अमेरिकन भारतीय र नेपाली अपराधिलाई मुत्यूदण्डको सजाय सुनाइएछ । मृत्यूदण्ड पाएका तीन अपराधिहरुलाई मौका स्वरुप एउटा खुल्ला मैदानमा १० सेकेण्ड भाग्न दिइने तथा प्रत्येकलाई एउटा मात्र गोली हान्ने यदि अपराधिले भागेर गोली छल्न सक्यो भने उसलाई सजाय माफि हुने निर्णय भएछ । पहिले भाग्ने पालो अमेरिकनको रहेछ । १० सेकेण्ड के भएको थियो निशानावाजले बन्दुक उठाएर गोली ड्याम्म हानेछ । अमेरिकन गोली लाग्ने वित्तिकै आफ्नो जन्मभूमी सम्झदै," मेरो देश अमर रहास्" भन्दै प्राण त्यागेछ ।
अब भाग्ने भाग्ने पालो भारतीयको थियो, तर उसको नियत पनि अमेरिकनको भन्दा फरक रहेन । गोली लाग्ने बित्तिकै "मेरा भारत महान" भन्दै देह त्याग गर्यो ।
पालो नेपालीको आयो अब उ सर्पको चालमा दौडन थाल्यो । एकछिन त निशानावाजलाई गोली चलाउन मुश्किल पर्यो ।अन्तत गोली चलाइयो । संयोगवश गोली निशानामै लाग्यो । अनि उक्त नेपालीले "साला कुकुर्नीको छोराले कस्तो ठ्याक्क मिलाएर हानेको लागिहाल्यो नी" भन्दै मरेछ ।
खुट्टा उचालेर पर्खाल थाम्ने प्रयास
एक जना गफाडीले अर्को गफाडीसँग प्रश्न गरेछ । तलाई थाहा छ कुकुरले सु गर्दा किन पछाडिको खुट्टा उचाल्छ ।
दोस्रो गफाडी एकछिन सोचेर खै थाहा भएन ।
पहिलो गफाडी किन भने परापूर्वकालमा एक पटक एक जना कुकुरको जिजु हजुरबुबा सु गरिरहेको बेला नजिकको पर्खाल ढलेर मृत्यू भएको रहेछ । त्यस बेला देखि कुकुरहरुले सु गर्दा खुट्टा उचालेर पर्खाल थाम्ने प्रयास गरेका हुन् ।
Email
