काठमाडौ चैत २ । राज्यपुनसंरचना आयोग गठनको बारेमा संविधानभसाको अध्यक्षसंग छलफल गरी सहमतिमा पुग्ने प्रमुख तीन दलका नेताहरुवीच सहमति भएको छ ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको आज विहान बसेको बैठकमा राज्यपुनसंरचना आयोग गठन बारे सैदान्तिक सहमति भएकोले यसको क्षेत्राधिकार र स्वरुपको बारेमा संविधानसभाको अध्यक्ष सुभाष नेम्बाङसंग छलफल गरी सहमतिमा पुग्ने निर्णय भएको बैठकपछि नेताहरुले जानकारी गराएका छन् । संविधानसभाको अध्यक्षसंगको छलफलको लागि आजै दिउसो २ बजे संयन्त्रको बैठक बस्ने निर्णय भएको कंग्रेस प्रवक्ता अर्जुननरिसंह केसीले जानकारी दिनुभयो ।
संयन्त्रको बैठकमा राज्यपुनसंरचनाको विवादलाई तत्काल टुङ्गो लगाउन एकीकृत माओवादीले जोड दिएको प्रवक्ता केसीले जानकारी गराउनु भयो । आजको बैठकमा सहमतिका लागि तयार पारिएको ६ बुँदे एजेन्डाहरुमा कुराकानी भएको नेताहरुले बताए ।
बैठकपछि संचारकमीहरुसंग कुरागर्दै माओवादी नेता देव गुरुङले कंग्रेस र एमालेका नेताहरु संविधान निर्माणको विषयमा भन्दा पनि घरजग्गा फिर्ता जस्ता सामानय कुरामा अल्झिएकोले ठोस सहमति हुन नसकेको बताउनु भयो । बैठकमा माओवादीले सरकारको विरुद्धमा ल्याउने भनिएको अविश्वासको प्रस्ताबको बारेमा पनि सामान्य छलफल भएको माओवादी नेता गुरुङले बताउनु भयो ।
कंग्रेस प्रवक्ता केसीले अब संविधान निर्माणका लागि ७४ दिनमात्र बाँकी रहेकोले कंग्रेस सरकार परिवर्तनको पक्षमा नलाग्ने स्पष्ट पार्नुभयो ।
बैठकमा सयन्त्रका सयोजक एब कग्रेश सभापति गिरीजा कोइराला बाहेक तीन वटै दलका शिर्ष तथा बरिष्ट नेताहरुको सहभागीता रहेको थियो । बैठकमा कग्रेशका तर्फबाट कार्यबाहक सभापति शुशील कोइराला बरिष्ट नेता शेरबहादुर देउवा रामचन्द्र पौडेल माओबादीका तर्फबाट अध्यक्ष प्रचण्ड उपाध्यक्ष नारायणकाजी श्रेष्ट देबगुरुङ र एमालेको तर्फबाट अध्यक्ष झलनाथ खनाल महासचिब इश्वर पोख्रेल भारत मोहन अधिकारी लगायत नेताहरु सहभागी हुनुहुन्छ । संयन्त्रको बैठक गत फागुन १९ गतेबाट बस्ने सकेको थिएन ।