काठमाडौ चैत २ । देशमै सवैभन्दा धेरै शैया रहेको शिक्षण अस्पतालमा आजदेखी आकश्मिक बाहेकका सबै सेवा बन्द भएका छन् । त्रिवि चिकीत्सा सास्त्र अध्ययन संस्थान डिनको कार्यालयले लिएकेा स्नाकोत्तर परीक्षामा अनियमतिता भएको भन्दै अस्पतालका चिकीत्सकले पुन परिक्षाको माग गर्दे आकश्मीक बाहेकका संपुर्ण स्वास्थ्य सेवा बद गराएका हुन् ।
संस्थानले एमबीबीएस र एमडी तहको प्रवेश परिक्षा पारदर्शी र स्वच्छ रुपमा हुनुपर्ने माग पुरा नभएसम्म बन्द जारी रहने उनीहरुले बताएका छन् । सनिवार लिएको स्नाकोत्तर तहको एमडी एमएस प्रवेश परिक्षामा अनियमितता भएको भन्दै विद्यार्थीहरुले परिक्षा बहिस्कार गरेका थिए । चिकीत्सकहरुको आन्दोलनका कारण अस्पतालमा जाने विरामी सर्वसाधारण मर्कामा परेका छन् ।