समूहहरु :
आज घोडेजात्रा
काठमाडौ चैत २ । आज चैत्र कृष्ण औशी अर्थात घोडेजात्रा पर्ब काठमाडौँ उपत्यकामा परम्परागत रुपमा घोडेजात्रा पर्व मनाइँदैछ । यसै अबसरमा नेपाली सेनाले टुडिखेलमा अश्वकला मोटरसाइकल खेल शारीरिक व्यायाम युद्ध कलालगायतको प्रदर्शन गर्ने भएको छ । सैनिक माच टुडिखेलमा आयोजना हुने बिशेष कार्यक्रममा राष्ट्रपति डा रामबरण यादब सहभागी हुनु हुने कार्यक्रम रहेको छ । उता आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने गरिन्छ ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व-दक्षिण दिशामा रहेको एउटा रुखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेकाले पीडित सहरवासीलॆ विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भयले प्रत्येक वर्ष आजका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिन्छ ।

साथै सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रुखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । सरकारले आज घोडेजात्राको अबसरमा काठमाडौँ उपत्यकाभित्रका सबै सरकारी कार्यालयलाई सार्वजनिक बिदा दिएको छ ।
Print     Email 
प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
   

समूह : राजनीति
अनलाईन जनमत
एमआरपी छपाइ भारतलाई दिने प्रक्रिया फिर्ता गर्ने माधव सरकारको निर्णय तपाईंलाई कस्तो लागयो ?
जनताको जीत
अनुत्तरदायी सरकारलाई जनताको झापड
कुर्सी बचाउने खेल
 
जन आवाज
अनलाईन रेडियो
कार्टुन
अनलाईन समाचार
शुभकामना सँगालो
पठाउनुहोस्
नेपाली पत्रपत्रिका
मौसम
LOCATION
MIN
MAX
RAIN
Kathmandu
12°C
36°C
2mm
Biratnagar
11°C
40°C
1mm
pokhara
8°C
25°C
3mm
Sydney
7°C
17°C
00mm
Canberra
6°C
9°C
1.2mm
Melbourne
8°C
8°C
2mm
Perth
12°C
20°C
00mm
Adelaide
9°C
18°C
00mm
Bharatpur
18°C
38°C
1.5mm
समाचार   सुन्नुहोस्

Australia
उपायोगि लिङक्स
 स्थानिय संघसंस्था
 सरकारी कार्यालय
अंग्रेजी समाचारपत्र
Total Visitors : 1556
Email:info@ausnepalnews.com Run By Nepal Australia Media Network. Director: Keshab Sapkota , Chief Editor: Bhimsen Sapkota