काठमाडौ चैत २ । सिन्धुपाल्चोकको गाती गाविस ४ स्थित भोटे कोशीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । पौडी खेल्न भनी गएका ती बालिकाहरुको साँझ नदीले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्युहुनेहरुमा गाती गाविस ४ का राजेन्द्र तामाङकी ११ वर्षीय छोरी दीर्घामाया तामाङ र ८ वर्षिय निरीमाया तामाङ रहेका छन् । दुबैको शव पौडी खेलेको ठाँउभन्दा केही तल फेलापरिएको थियो ।
उता सुनसरीमा गएराती भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । सुनसरीको पुर्ब बाट पश्चिम जाँदै गरेको केा। ५ प । ८८५३ न। को मोटरसाइकल नरसिहंमा आफै अनियन्त्रित भइ सडकको बाया किनारामा पल्टिदा सुनसरी नरिसंह निवासी महेश कुमार शाह र सुनसरी गौतमपूरका मानकुमार साहको मृत्यु भएको छ । गम्भिर घाइते दुबैलाइृ उपचारार्थ जिल्ला अस्पताल सुनसरी लादै गर्दा बाटैमा मृत्यु भएको थियो ।