काठमाडौ चैत २ । निर्धारित समयमै संविधान जारी गरिनुपर्ने माग राख्दै लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनले हिजो देखि सुरु गरेको एकसय घण्टे नागरिक खबरदारी तथा धर्ना कार्यक्रम आज दोसा्रे दिन पनि जारी रहेको छ ।
संविधानसभा भवन अगाडि हिजो बिहान १० बजे देखि जारी धर्नामा नागरिक समाजका अगुवाहरुले नागरिक अधिकार सुनिश्चित गर्नुपर्ने महिलामाथि हुने िहंसा अन्त्य गर्ने आधार तयार गर्नुपर्ने लगायतका माग अघि सारेका छन । समयमा नै संविधान निर्माणका लागि दलहरुलाई दवाव दिन यसअघि नागरिक आन्दोलनले संविधानसभा भवन अघि १ घण्टे २४ घण्टे ४८ घण्टे धर्ना कार्यक्रमको आयोजना गरिसकेको छ ।
धर्ना कार्यक्रममा नागरिक समाजका डा। देवेन्द्रराज पाण्डे श्याम श्रेष्ठ खग्रेन्द्र सङ्ग्रौलालगायत मानवअधिकारकर्मीको सहभागिता छ ।