काठमाडौ चैत २ । नेकपा एमालेले आज नेपालगंजमा बृहत आम सभा गर्दैछ । दिगो शान्ति र संबिधानका लागी जनदबाब अभियान स्वरुप क्षेत्रिय स्तरको आम सभा गर्न लागिएको हो ।
आम सभामा सहभागीताका लागी बाँके बर्दिया सुर्खेत दाङ लगायतका जिल्लाबाट कार्यकर्ताहरु आउने क्रम जारी रहेको पार्टिले जनाएको छ । कार्यकर्ताहरु स्थानिय पुष्पलाल चौक धम्बोझी चौक लगायत नगरका बिभीन्न भागबाट र्याली सहित सभा स्थल निसरंङ होम पछाडि आप बगियामा पुग्नेछन् ।
सभालाई दिउसो १ बजे तिर पार्टि अध्यक्ष झलनाथ खनाल बरिष्ठ नेता के।पि। शर्मा वली उपाध्यक्ष बामदेब गौतम केन्द्रिय सदस्य समेत रहनु भएका गृहमन्त्री भिम रावल लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । एमालेको सभालाई मध्यनजर गरि बाँकेको सुरक्षा ब्यबस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
आम सभा लगत्तै आजै युबा संगठन युबा संघको राष्ट्रिय प्रशिक्षण भेला समेत सुरु हुने जनाईएको छ । प्रशिक्षणमा देशभरका करिब १ सय २० जना प्रतिनिधीको सहभागीता रहने युबा संघ बाँकेका अध्यक्ष महेन्द्र शाहीले जानकारी दिनुभयो ।