काठमाडौ चैत १ । पूर्व प्रधानमन्त्री एवं कंग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य अस्वस्थ थप गम्भीर बनेपछि आइताबार बाँसबारीस्थित सहीद गंगालाल ह््रदय केन्दमा भर्ना गरिएको छ ।
सामान्य डाइरिया र रगतमा हेमोग्लोबिनको कमि देखिएको पछि चिकिस्तकको सल्लाहमा कोइरालालाई आइताबार साँझ ७ बजे तिर अस्पताल पुर्याइएको थियो । उहाँलाई अस्पतालको सघन उपचार कक्ष सिसियुमा राखी उपचार शुरु गरिएको छ ।
लामो समयदेखी स्वास प्रस्वासको समस्यावाट ग्रसित कोइराललाइ केही समय अघि देखि २४ सै घण्टा अिक्सजन दिदै आएको छ । ब्रोङकाइटीसबाट पिडित कोइरालाको स्वास्थ अबस्था बिग्रीदै गएपछि उहाँलाई गत शुक्रवार महाराजगन्ज स्थित निवासवाट मण्डिखाटारस्थित छोरी सुजाता कोइरालाको घरमा सारिएको थियो ।