काठमाडौ चैत १ । सरकारले संयुक्त राष्ट्रसंघको राजनीतिक मामला सम्बन्धी उपमहासचिव वि लीन पास्कोले नेपाल भ्रमाणका क्रममा व्यक्त भनाई कुटनीतिक मर्यादा विपरित भएको जनाएको छ ।
दलहरुको असक्षमताको दोष अन्मिनले नलिने भन्ने उपमहासचिव पास्कोको भनाई कुटनीतिक मर्यादा विपरित भएको मन्त्रीपरिषदको आइताबारको बैठकले ठहर गरेको हो । यस्तै माओवादी शिविरमा रहेको लडाकु संख्या दिन नमिल्ने भन्ने अडानप्रति पनि सरकारको गम्भीर ध्यानाकर्षण भएको बैठकपछि सरकारका प्रवक्ता शंकर पोखरेलले जानकारी दिनुभयो ।
सरकारले माओवादी लडाकुहरुको कुनै गोप्य सुचना मागेको नभई उचित भरण÷पोषण र भत्ता वितरणका लागि बास्तविक संख्या मागेकोले यसलाई गोप्य तथ्याँक भन्न नमिल्ने जिकीर सरकारले गरेको छ ।
यसैवीच सरकारले सुनको आयातमा लाग्ने भन्सार दरमा उच्च वृद्धि गरेको छ । मन्त्रिपरिषदको आजको बैठकले प्रतिग्राम सुनमा ३ सय ४० रुपैया बृद्धि गरेको छ । यसअघि प्रतिग्राम सुनमा लाग्ने भन्सार शुल्क १ सय ३० रुपैयाँ थियो ।
यसवाट प्रति तोला सुनको मूल्यमा ३ हजार ९५६ रुपैया बृद्धि हुनेछ । यसबाट नेपाल हुदै भारतमा सुनको तस्करी बढ्ने संभावना हट्ने सरकारले बताएको छ । बिग्रीएको मौदि्रक नीति र विदेशी मुद्राको संचित दर बढ्ने अपेक्षा गरिएको छ ।
Email
