रमा सापकोटा, काठमाडौ फागुन २६ । विश्व विद्यालय स्थापनार्थ संर्घषरत प्राज्ञिक समुदायले विश्व विद्यालय स्थापनाको लागि सदनमा प्रस्तुत भएको विधेयक फिर्ता लिने प्रस्ताव खारेज गर्न माग गरेको छ ।
समुदायले राजधानिमा आज पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता लिन सदनमा दर्ता गरिएका प्रस्तावहरु खरेज गरी देशका विभिन्न स्थानमा प्रस्तावित विश्व विद्यालयहरु तुरुन्त स्थापना गर्न दवाव दिएको हो ।
कार्यक्रममा बोल्दै एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य धर्मेन्द्र बास्तोलाले सरकारले आफ्नो आयु लम्ब्याउन सयौ जनाताको शैक्षिक भविश्य अन्धकारमा पुर्याएको भन्दै प्रस्तावित सबै ठाँउमा विश्व विद्यालय खुलाउन आफ्नो पार्टीले सधै पहल गरिरहने बताए ।
प्राज्ञिक समुदायका संयोजक प्राध्यापक डा नारायण पौडेलले विश्व विद्यालय स्थापनाको लागि सम्बन्धित क्षेत्रका जनताले ठूलो त्याग र तपस्याका साथ लगानि समेत तयार गरिसकेको अवस्थामा सरकारले उक्त विधेयक फिर्ता नलिए आन्दोलनलाई नै तिब्र बनाइने चेतावनी दिए ।
सुर्खेत विश्व विद्यालयका दिवेन्द्र गिरी मध्य पश्चिमांचल विश्व विद्यालय स्थापनाका लागि गठित तेस्रो समितिका सदस्य पारसनाथ यादव लगायतले शैक्षिक विकास सँगै अन्य विकास पनि साथसाथै हुन सक्ने भन्दै जनमत निर्माण गरेर अबिलम्ब विधेयक पास गर्नु पर्ने बिचार व्यक्त गरे ।
म्ाओवादी नेतृत्वको सरकारले विश्व विद्यालय स्थापना गर्न सैद्धान्तिक समर्थन गरेको भन्दै त्यही निर्णयलाई कार्यान्वयन गराउन सरकारलाई प्राज्ञिक समुदायले आग्रह गरेको छ ।
खुला विश्व विद्यालय कृषि विश्व विद्यायलय मध्य पश्चिमांचल विश्व विद्यालय लगायतका विश्व विद्यालयहरुको स्थापनाको प्रस्तावलाई समुदायले अघि सार्दै आएको छ ।
२०४९ सालदेखि तत्कालिन सरकारले बहुविश्व विद्यालयको नीति अवलम्बन गर्दै क्षेत्रीय स्तरमा विश्व विद्यालय स्थापना गर्ने प्रयासको सुरुवात गरेको थियो ।
Email
