काठमाडौ फागनु २६ । केहि दिन देखि अस्वस्था रहनु भएका कंग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई थप उपचारमा लागी बिदेश लैजानु नपर्ने उहाँको उपचारमा सलग्न चिकित्सकहरुले सुझाब दिएका छन ।
कोइरालको स्वास्थ्य स्थिति थप गम्भीर बन्दै गएपछि उहाँलाई उपचारका लागि विदेश लाने या स्वदेश मै अस्पताल भर्ना गर्ने भन्ने बारेमा आज बिहान कोइरालाको उपचारमा संलग्न चिकित्सकहरु र कंग्रेस पदाधिकारीहरु वीच भएको छलफलमा चिकित्सकहरुल थप उपचारका लागी बिदेश लैजानु नपर्ने सुझाब दिएका हुन । उहाँको उपचारमा सलग्न चिकित्सकहरुले उहाँलाई बिदेश पनि लैजानु नपर्ने र अस्पताल पनि भर्ना गर्नु नपर्ने बताएका छन । चिकित्सकहरुको सुझाब बमोजिम कोइरालालाई घरमै राखि चिकित्सकहरुको बिशेष निग्रानिमा उपचार गरिने भएको छ ।
कोइरालालाई उपचारका लागी बिदेश लैजान केहि सदस्यहरुले सल्लाह दिए पनि कोइरालाले भने बिदेश जाने इच्छा नदेखाउनु भएको महामन्त्री बिमलेन्द्र निधीले जानकारी दिनु भयो ।
कोइरालालाई केहीदिनयता स्वासप्रस्वासमा समस्या बढ्दै गएको छ । क्रोनिक ब्रोनकाइटिसबाट पिडित कोइरालालाई गत कार्तिकको अन्तिम साता सिङ्गापुर लगेको थियो । करिब एक साताको उपाचार पछि स्वदेश फर्किनु भएका कोइराला त्यसयता निरन्तररुपमा निबासमै स्वास्थ्य लाभ गरिरहनु भएको छ । कोइरालालाई केही दिनयता स्वासप्रस्वासमा समस्या बढ्दै गएपछि २४ घण्टा नै अिक्सजन दिइदै आएको छ ।
यसैवीच पार्टी सभापति कोइरालाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि कंग्रेस केन्द्रीय समितिको आज बस्ने भनिएको बैठक स्थािगत भएको छ ।