काठमाडौ फागुन २६ । संयुक्त राष्ट्रसंघका राजनितीक मामीलासम्बन्धी उपमहासचीव विलिन पास्कोको नेतृत्वमा एक उच्चस्तरीय टोली तीन दिने भ्रमणका लागी आज दिउसो काठमाडौ आउदैछ । नेपालमा अनमिन र सरकार बिच सम्बन्धमा चिसोपना आएका बेला राष्ट्रसघका उपमहासचिब पास्को्को हुन लागेको नेपाल भ्रमणलाई निकै अर्थपुर्ण रुपमा हेरिएको छ । आज दिउसो पौने ३ बने नेपाल आए लगत्तै टोलीले आजै साँझ प्रधानमन्त्री माधवकुमार नेपालसंग भेटघाट गर्ने कार्यक्रम रहेकेा छ ।
यसैगरी नेपाल बसाईका क्रममा टोलीलेसभाध्यक्ष सुवासचन्द्र नेम्वाङ उपप्रधानमन्त्री विजयकुमार गच्छदार उपप्रधानएवं परराष्ट्र मन्त्री सुजाता कोईराला रक्षमन्त्री गृहमनत्री प्रधानसेनापती लगायतसंग भेटवार्ता गरि नेपालको जारी शानती प्रकि्रयाको विषयमा छलफल गर्नुहुने कार्यक्रम रहेको छ । यहाँ आउनु अगाडी नै टोलीले नेपालको शानती प्रकि्रया र संविधान लेखनबारे भारतीय अधिकारीहरुसंग नयाँदिल्लीमा छलफल जानकारी लिएको थियो ।