काठमाण्डौ फागुन २५ । आगामी जेठ १४ मा नयाँ संविधान जारी गर्ने मूल तालिका यथावत राख्दै संविधानसभाले संविधान लेखन कार्यतालिका दशौ पटक संशोधन गरेको छ ।
संविधानसभाको मंगलबार बसेको बैठकले संविधान लेखनको कार्यतालिका संशोधनलाई सर्वसम्मत पारित गरेको हो । दशौ पटकको संशोधनमा जेठ १४ मा संविधान जारी गर्ने दिनलाई कायम राखि अन्य कार्यतालिका हटाइएको छ । यसअघिको कार्यतालिकामा समयसीमाको उल्लेख गरे पनि यसपटक संविधान लेखनको वीचको अवधिमा कुनै समयसीमा उल्लेख छैन ।
सबै बिषयगत समितिका मस्यौदा प्रतिवेदन पारित भएपछि नयाँ संविधानको एकीकृत मस्यौदा तयार गर्ने कामका लागि संविधानसभालाई एक महिनाको समय दिने निर्णय गरेको छ । यन्य कार्य क्रमशः गर्दै जाने उल्लेख रहेको एमाले मुख्य सचेतक भीमप्रसाद आचार्यले जानकारी दिनुभयो ।
परिवर्तित कार्यतालिकामा यसअघि रहेका १५ प्रकि्रया मध्ये ७ देखि १५ लाई ६ अन्तरगत राखिएको छ । नयाँ संविधानको एकीकृत मस्यौदामाथी संविधानसभामा छलफल नागरिक अभिमत संकलन संविधानको विधेयकमाथीको दफावार छलफल लगायतका कामलाई गोलमोटल रुपमा एकै ठाउँमा मिसाइएको छ । पूरानै कार्यतालिका अनुासार जेठ १४ मा संविधान निर्माण संभव नभएकोले कार्यतालिकालाई एउटै डालोमा राखिएको एमाले सचेतक आचार्यले जानकारी दिनुभयो ।
संविधानसभाको विषयगत समितिको प्रतिबेदनहरु संविधानसभाबाट सुझाबसहीत संबैधानिक समितिमा तोकिएको समयमा नै आउन नसक्दा कार्यतालिका प्रभावित भएको हो । कार्यतालिका परिवर्तनको निर्णय गर्न संविधानसभा बैठक अघि संविधानसभा कार्य व्यबस्था परामर्श समितिको बैठक बसेको थियो । संविधानसभाको ९७ औ बैठक आगामी चैत्र ३ गते पुनः बस्नेछ ।
यसैवीच संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले समय साँघुरिएकोले झण्जड नहोस भन्नका लागि कार्यतालिका परिवर्तन गरिएको बताउनु भएको छ । उहाँले कार्यव्यवस्था परामर्श समितिले फेरी कार्यतालीका परिवर्तन गर्न नपर्ने गरी संसोधन गरिएको जानकारी दिनुभयो । संविधानसभा बैठकपछि संचारकर्मीहरु संगको कुराकानीमा सभाध्यक्ष नेम्वाङ्गले दलहरुविचको सहमतीका आधारमा निर्धारीत समयमा संविधान जारी गनृ सकिने वताउनुभयो । संविधान सभामा रहेका पच्चिस दलहरुका संसदिय दलका नेताहरु रहने गरि वन्ने संसदिय संयन्त्रले दलहरु विचका विवाद समाधान गर्ने जानकारी गराउनुभयो । संवैधानीक समितिलाई एकिकृत मस्यौदा तैयारका लागि संयन्त्र महत्वपुर्ण हुने उहुले विश्वास व्यक्त गर्नुभयो ।