समूहहरु :
तोकिएको समयमै संविधान जारी गर्न प्रमूख तीन दलद्धारा पुनः प्रतिवद्धता
काठमाण्डौ फागुन २५ । संविधानसभामा प्रतिनिधित्व गर्ने प्रमूखदलका नेताहरुले आगामी जेठ १४ मै संविधान जारी गर्ने गरी सहमति गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन । संविधानसभा सम्बैधानिक समितिको मंगलबार बसेको बैठकमा प्रमूख दलका शीर्ष नेताहरुले आगामी तीन महिना संविधान निर्माणमै पूरै ध्यान केन्द्रीत गर्ने प्रतिवद्धता जनएका हुन । उनिहरुले प्रकि्रर्या छोटुएर भएपनि तोकिएको समयभीत्रै संविधान लेख्ने बताएका हुन । बैठकपछि समिति सभापति निलाम्बर आचार्यले राजनीतिक प्रणाली लगायतका मूलुभूत बिषयमा देखिएका विबादलाइ टुङ्गो लगाऊन आग्रह गरिएको बताउनुभयो । उहाँले संविधान निर्माणको समय÷सिमा घर्कीदै गएकोले तीनदलले संविधान निर्माणको अगुवाइ गर्नुपर्ने बताउनुभयो
सभापति आचार्यले संविधाननिर्माणमा कम ध्यान पुगेकोवारे दलहरुले आत्मसात गरेको उल्लेखगर्दै आगामी दिनमा सकि्रयता बढाऊने अपेक्षा गर्नुभयो । यस्तै प्रधानमन्त्री माधवकुमार नेपालले जेठ १४ मै संविधान जारी गर्नैगरी छलफललाइ अगाडि बढाुनेवारे छलफल भएको बताउनु भयो । उहाँले त्यसपूर्व शान्ति प्रकि्रर्यालाइ टुङ्गो लगाऊनुपर्ने बताउनु भयो ।
बैठकवाट बाहिरिने क्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेठ १४ मै संविधान जारी गर्नुपर्नै आफ्नो पार्टीको मान्यता रहेको बताउनुभयो । प्रचण्डले संक्षिप्त नभई पुर्ण संविधान जारी गर्नुपर्ने र त्यसका लाछि थप छलफल गर्न सकिने बताउनुभयो ।
दलहरुवीच तत्काल सहमतिको पहल थालेमा तोकिएको समयमानै संविधान जारी गर्न सकिने र राज्यपुनसंरचनाका विषयमा गम्भीर छलफल गरेर टुङगो लगाउन सकिने उहाँको भनाई थियो । समितिमा अधिकाशं दलले ठूलादलको अकमन्यताका कारण संविधान निर्माण प्रकि्रर्या सुस्त गतिमा अघि बढेको बताएका थिए । समितिले सम्बवैधानिक समितिको कार्यतालिका कार्यप्रकि्रर्या समितिका कठिनाइ र अगाडि बढ्ने आधारहरुवारे नेताहरुलाइ जानकारी गराएको थियो । समितिले नेताहरुलाइ निरन्तर उपस्ििथतिका लागि समेत आग्रह गरेको छ ।
Print     Email 
प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
   

समूह : राजनीति
अनलाईन जनमत
एमआरपी छपाइ भारतलाई दिने प्रक्रिया फिर्ता गर्ने माधव सरकारको निर्णय तपाईंलाई कस्तो लागयो ?
जनताको जीत
अनुत्तरदायी सरकारलाई जनताको झापड
कुर्सी बचाउने खेल
 
जन आवाज
अनलाईन रेडियो
कार्टुन
अनलाईन समाचार
शुभकामना सँगालो
पठाउनुहोस्
नेपाली पत्रपत्रिका
मौसम
LOCATION
MIN
MAX
RAIN
Kathmandu
12°C
36°C
2mm
Biratnagar
11°C
40°C
1mm
pokhara
8°C
25°C
3mm
Sydney
7°C
17°C
00mm
Canberra
6°C
9°C
1.2mm
Melbourne
8°C
8°C
2mm
Perth
12°C
20°C
00mm
Adelaide
9°C
18°C
00mm
Bharatpur
18°C
38°C
1.5mm
समाचार   सुन्नुहोस्

Australia
उपायोगि लिङक्स
 स्थानिय संघसंस्था
 सरकारी कार्यालय
अंग्रेजी समाचारपत्र
Total Visitors : 1593
Email:info@ausnepalnews.com Run By Nepal Australia Media Network. Director: Keshab Sapkota , Chief Editor: Bhimsen Sapkota