काठमाडौ फागुन २५ । नागरीक अधिकारकर्मीहरुले समय थप गरेर संबिधान निर्माण खेलमा नलाग्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । समय थप गर्ने र संक्षिप्त संबिधान जारी गर्ने दलका नेताहरुको भनाईले उनीहरु संबिधान निर्माणमा ईमान्दार नरहेको पुष्टी भएको अधिकारकर्मीहरुको दाबि छ । तोकीएकै मितिमा संबिधान निर्माण गर्नका लागि दबाब दिने उदेश्यले लोकतन्त्र र शान्तिका लागी नागरिक आन्दोलनले मंगलबार संबिधान सभा भवन नयांबानेश्वरमा आयोजना गरेको नागरीक खबरदारी सभामा अधिकारकर्मीहरुले यस्तो वताएका हुन
उनिहरुले जनताको आवाज राजनीतिक दलहरुले नसुनेकाले आफुहरु बाध्य भएर आन्दोलनमा उत्रनु परेको बताए । नागरीक अगुवा कृष्ण पहाडीले जेठ १४ गते संबिधान नबने नेताहरुले नभई जनताले दुख पाउने भएकाले आफुहरु दबाबमुलक आन्दोलनमा होमीएको बताउनुभयो । मानवअधिकार मैत्री संबिधान बन्न नदिने षड्यन्त्र रचेर प्रतिकृयाबादी तत्व्ाहरुले देशमा युद्धको भयानक तयारी भईरहेको पहाडीको आरोप थियो ।
नागरीक अगुवा देबेन्द्र राज पाण्डेले राज्य सरकार बिहीनताको अवस्थातामा पुगेको बताउनुभयो । खगेन्द्र संग्रौलाले समयमै संबिधान निर्माणको पहल गर्न सत्तारुढ दल असफल भएको दाबि गर्नुभयो । नागरीक अगुवा सुन्दर मणी दिक्षीतले वर्तमान सरकार परिवर्तन नभएसम्म समयमै संबिधान नवन्ने दाबि गर्नुभयो । अधिकारकर्मीहरु श्याम श्रेष्ठ रेणुराज भण्डारी भुमिका श्रेष्ठ सुबाश दर्नाल बिमला तामाङ लगयतले समयमै संबिधान बनेपनि उत्पीडित जाती समुदायका मुद्धाहरु सम्बोधन नभए त्यस्को औच्ाीत्य नहुने उल्लेख गर्नुभयो । सभामा संमयमै संबिधान निर्माणका लागि दबाब दिन सांकेतिक प्रहसन समेत गरिएको थियो । सभामा नागरीक अगुवा तथा सर्वासाधारणको उत्साहजनक उपस्थिति रहेको थियो । दलहरु संबिधान निर्माण भन्दा पनि सत्ता लिप्सामा लागी परेको भन्दै नागरिक आन्दोलनले खबरदारी सभा गरेको हो ।
यसैबीच नागरीक अधिकारकर्मीहरुले दलहरु संबिधान निर्माणमा ईमान्दार नदेखिएको भन्दै थप दबाब दिन आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन । उनिहरुले आगामी चैत्र १ गते संबिधानसभा भवन अगाडी १ सय २० घण्टे धर्ना दिने बताएका छन् । लोकतन्त्र र शान्तिका लागी नागरिक आन्दोलनले यसअघि जनदबाब स्बरुप एक घन्टे २४ घन्टे तथा ४८ घन्टे धर्ना कार्यक्रम गरिसकेको छ ।