समूहहरु :
नेपाली संघ संस्थाहरुविच सकारात्मक बिषयमा छलफल
योंगदम्पो,सऊल; मार्च ७,
आगामी छुसक पर्वमा प्रस्तुत गरिने "भव्य नेपाली सांस्क्रितिक कार्यक्रम"को अगुवाई कसले गर्ने भन्ने सन्दर्भ र त्यससित जोडिएका बिभिन्न शीर्षकहरुको बारेमा कोरियामा अस्तित्वमा रहेका बिभिन्न सामाजिक संघसंस्थाहरुको बिच आजै एक छलफल र अन्तर्क्रिया कार्यक्रम भएको ताजा समाचार छ।नेपालीहरुको छाता संस्था एनसीसीको संयोजकत्वमा आजै भएको उक्त कार्यक्रममा अरु देशका नागरिकहरुको तुलनामा थोरै नेपालीहरुको अस्तित्व भएको यस कोरिया देशको महान राष्ट्रिय पर्व छुसकको पुनित अवसरमा गरिने सांस्क्रितिक कार्यक्रम र सो को अवसरमा हरेक साल संचालन गरिने भाग्यशाली चिठ्ठा विध्य्मान संघ संस्थाहरु मध्यॆ कुनको नेत्रित्वमा ,कसलाई गर्न दिने भन्ने विषयमा व्यापक छलफल भएको थियो।प्राचीन सऊल सहरको पश्चिमी प्रवेशद्वार मानिने शदेमून स्थित एमटीयूको कार्यालयमा आज अपरान्ह दुई बजेदेखि शुरु भएको सो बैठक भर्खर सांझ ७ बजे समाप्त भएको छ।
बडो रोचक पक्ष के थियो भने सो छुसक पर्वको अवसरमा सांस्क्रितिक कार्यक्रम र भाग्यशाली चिठ्ठा सन्चालन गर्न पाउं भन्ने दाविका साथ कोरियामा कार्यरत नौ वटा नेपाली सामाजिक संस्थाहरुले आयोजक एनसीसीमा औपचारिक रीत पुर्याएर हार्दिक आवेदन हालेका थिए।त्यसैले आयोजकलाई यसै संस्थाले सो कार्यक्रम गर्न पाउनु पर्दछ भनेर निर्णय दिन हम्मे हम्मे परेको कुरा उहांहरुको मुहारमा छाएको गंभीरताले प्रष्ट झल्काउंदथ्यो।अन्तमा,विवादै विवादको भुमरीबाट बाहिर निक्लेर सबै सामाजिक संस्थाका प्रतिनिधीहरु सहमतिमा आउनु भएपछि यसपटकको कार्यक्रमको आयोजक आपतकालिन नेपाली सेवा समिती (आन्शानमा कार्यालय भएको) र खोटांग समाज कोरियाले बन्न पाउने गरि निर्णय गरियो।
स्मरण रहोस,आवेदन हाल्ने संस्थाहरुमा म्याग्दी समाज मगर संघ र लम्जुंग परिवारलाई आगामी सलनालमा कार्यक्रम आयोजक बन्न प्राथमिकता दिने,यस पटकको छुसकमा जनजाति महासंघ र नेवा:पुचलाई चिठ्ठा संचालन गर्न दिने गरि सहमति कायम गरिएको थियो।
बिभिन्न संघसंस्थाहरुले त्यसरी कार्यक्रम गर्नुको आ-आफ्नो लिखित उद्देश्य सहित हालेका आवेदनहरु उपर छलफल गरिंदा खोटांग परिवारले "सो कार्यक्रममा उठेको रकम खोटांग जिल्ला अस्पताललाई सहयोगार्थ दिने" र आपतकालिन नेपाली सेवा समितीले एनआरएनको संयोजकत्वमा कोरियामा निर्माणाधिन नेपाल हाउसलाई "कार्यक्रमबाट उठेको रकम सहयोगार्थ दिने छौं" भनि प्रतिवद्दता जनाएका थिए।उक्त कार्यक्रमको सभापतित्व एनसीसीका अध्यक्ष डेभिड राईले गर्नु भएको थियो भने संचालनको जिम्मेवारी एनसीसीका सचिव आनन्द गुरुंगले लिनु भएको थियो। यति साधारण विषयमा निर्णय गर्न त यति धेरै मेहनत पर्दछ भने देशकै मार्ग दर्शन गर्ने संविधान लेखन कार्यमा विवाद र ढिलाई हुनु स्वभाविक हो भनि पर्यवेक्षकहरुले बताउंदछन।
Print     Email 
प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
   

अनलाईन जनमत
एमआरपी छपाइ भारतलाई दिने प्रक्रिया फिर्ता गर्ने माधव सरकारको निर्णय तपाईंलाई कस्तो लागयो ?
जनताको जीत
अनुत्तरदायी सरकारलाई जनताको झापड
कुर्सी बचाउने खेल
 
जन आवाज
अनलाईन रेडियो
कार्टुन
अनलाईन समाचार
शुभकामना सँगालो
पठाउनुहोस्
नेपाली पत्रपत्रिका
मौसम
LOCATION
MIN
MAX
RAIN
Kathmandu
12°C
36°C
2mm
Biratnagar
11°C
40°C
1mm
pokhara
8°C
25°C
3mm
Sydney
7°C
17°C
00mm
Canberra
6°C
9°C
1.2mm
Melbourne
8°C
8°C
2mm
Perth
12°C
20°C
00mm
Adelaide
9°C
18°C
00mm
Bharatpur
18°C
38°C
1.5mm
समाचार   सुन्नुहोस्

Australia
उपायोगि लिङक्स
 स्थानिय संघसंस्था
 सरकारी कार्यालय
अंग्रेजी समाचारपत्र
Total Visitors : 3295
Email:info@ausnepalnews.com Run By Nepal Australia Media Network. Director: Keshab Sapkota , Chief Editor: Bhimsen Sapkota