काठमाडौ फागुन १७ । नवलपरासीको गैडाकोट गाउँ विकास समिति वडा नम्बर ९ थु_िम्समा हिजो ट्रक र बस एकआपसमा ठोक्किँदा घाइते भएकामध्ये दुईजनाको गए राति मृत्यु भएको छ ।
हिजो दिउँसो करिब सवा १ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको ट्रकले बुटवलबाट काठमाडौँ आउँदै गरेको ना३ख २५६६ नम्बरको यात्रुवाहक बसलाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।
ट्रकचालक भारत घर भएका राज पाल र रुपन्देही घर भएकी विष्णुमाया गैरेको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा उन्नाइसजना घाइतेमध्ये तीनजनाको अवस्था अझै गम्भीर रहेको छ । घाइतेमध्ये मेघौलीका कृष्मन विकलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ भने अन्यको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
यता भक्तपुरको सुडालमा आज बिहान बस दुर्घटना हुदाँ २७ जना यात्रु घाइते भएका छन ।सुडाल स्थित चरेली बसपार्कमा रोकिराखेको बा २ ख ४५३७ नम्ब्रको बसमा सामान लोड गर्दै गर्दा अचानक पल्टिदा बस भित्र रहेका यात्रु घाइते भएका हुन । दुर्घटनामा परि घाइतेहरु मध्ये केहिको भत्तपुरमा र केहिको सिनामगल स्थित काठमाण्डौ मेडिकल कजेलमा उपचार भई रहेको छ । घाइतेहरुको अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
उता रोल्पामा होली खेल्ने बिषमा झडप हुदाँ २४ जना घाइते भएका छन । रोल्पाको जेदबाङमा हिजो साँझ महिलालाइ जबरजस्ती रङ लगाउन थालेपछि भएको झडपमा १२ पुरुष ७ महिला र ५ बालबालिका घाइते भएको रोल्पा प्रहरीले जनाएको छ ।
घाइतेको टाउको र हात खुट्टामा चोट लागेको छ । उनिहरुको स्थानिय अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । सम्भाबित झडपलाइ रोक्न प्रहरीले आफ्नो सकि्रएता बढाएको बताएको छ ।