असनेपालन्युज सिडनी। नेपाली नयाँ वर्ष विक्रम सम्वत २०६७ लाई स्वागत गर्दै आपसमा बन्धुत्व र भाईचारा बाढ्ने हेतुले जनसंपर्क मन्च अस्ट्रेलियाले एक भब्य नयाँ बर्ष कार्यक्रमको आयोजना गरेको छ। नेपालीहरू विचको आपसि प्रगाढता थप मजबुत बनाउँन सहयोग पुर्याउने यस कार्यक्रमको मुख्य आकर्षणमा नाच, प्रहशन ,गीत संगीत ,जास्ता मनोरन्जनात्मक प्रस्तुतिका साथ नेपाली परिकार युक्त रात्री भोजको समेत प्रवन्ध गरिएको छ। समितिकी सचिव प्रतिज्ञा अधिकारीले असनेपालन्युजलाई जानकारी गराउनु भए अनुसार सो कार्यक्रमको नाम "नया वर्ष स्वर्णिम साँझ" राखिएको छ। सो कार्यक्रम क्रोइडन पार्क स्थित ,८२ ब्राइटन एवेन्यु मा अप्रिल ३ तारिखका दिन साँझ ५ बजे देखि रात्री अवेर सम्म हुँदै छ। १० वर्ष मुनिका वालवालिका हरूलाई निशुल्क गरिएको सो कार्यक्रमको टिकट दर प्रती ब्यक्ति $४० र दम्पत्तिका लागि $ ७५ रहेको बताइए को छ।
टिकट खरिदका लागि सचिव प्रतिज्ञा अधिकारी लगायतलाई ०४३३५९७१६४ मा सम्पर्क गर्न सकिने छ। सिर्जनात्मक कामहरूमा अग्रसर समिती ले अस्ट्रेलियामा नेपाली समुदायको एकता ,आपसी सहयोग र समन्वयका लागि भूमिका खेल्दै आएको छ।
Email
