समूहहरु :
सत्तारुढ काँग्रेस केन्द्रीय कार्यसमिती बैठक आजबाट शुरु हुँदै
काठमाडौ माघ २६ । सत्तारुढ घटक नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजदेखी राजधानीमा सुरु हुँदैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेपछि सुरु हुने बैठकमा पार्टीको आगामी १२ औँ महाधिवेशनको तयारी सरकारमा पार्टीको भुमिका र संविधानसभाको विभिन्न समितिहरुमा दलहरुवीच देखिएको मतभेद बारे पार्टीको आधिकारिक धारणाको बारेमा छलफल हुने पार्टी प्रवक्ता अर्जुननरिसंह केसीले जानकारी दिनुभयो ।

पछिल्लो समयमा काङ्ग्रेस भित्र सरकार परिवर्तनको बहस चलिरहेको बेला आजदेखि सुरु हुने केन्द्रिय कार्यसमितीको बैठकमा पनि यसबारेमा गम्भीर छलफल हुने बताइएको छ ।

यस्तै उच्चस्तरीय राजनीतिक सयन्त्रको भुमिका र प्रभाबकारीताकासाथै एकीकृत माओवादीका तर्फबाट पार्टी सभापति गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री बन्न आग्रह गरेको विषयमा पनि केन्द्रीय बैठकमा छलफल हुने कंग्रेसले जनाएको छ ।

काङ्ग्रेस संसदीय दलको बैठकमा अधिकांश युवा सभासदले सरकारमा पार्टीको सहभागीतालाई लिएर गम्भीर असहमति जनाइरहेको बेला शुरु भएको केन्द्रीय कार्यसमिति बैठकलाई निकै महत्वकासाथ हेरिएको छ ।
Print     Email 
प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
   

समूह : राजनीति
अनलाईन जनमत
एमआरपी छपाइ भारतलाई दिने प्रक्रिया फिर्ता गर्ने माधव सरकारको निर्णय तपाईंलाई कस्तो लागयो ?
जनताको जीत
अनुत्तरदायी सरकारलाई जनताको झापड
कुर्सी बचाउने खेल
 
जन आवाज
अनलाईन रेडियो
कार्टुन
अनलाईन समाचार
शुभकामना सँगालो
पठाउनुहोस्
नेपाली पत्रपत्रिका
मौसम
LOCATION
MIN
MAX
RAIN
Kathmandu
12°C
36°C
2mm
Biratnagar
11°C
40°C
1mm
pokhara
8°C
25°C
3mm
Sydney
7°C
17°C
00mm
Canberra
6°C
9°C
1.2mm
Melbourne
8°C
8°C
2mm
Perth
12°C
20°C
00mm
Adelaide
9°C
18°C
00mm
Bharatpur
18°C
38°C
1.5mm
समाचार   सुन्नुहोस्

Australia
उपायोगि लिङक्स
 स्थानिय संघसंस्था
 सरकारी कार्यालय
अंग्रेजी समाचारपत्र
Total Visitors : 3239
Email:info@ausnepalnews.com Run By Nepal Australia Media Network. Director: Keshab Sapkota , Chief Editor: Bhimsen Sapkota