गोर्खा माघ २६ । बर्डफ्लु फैलिन नदिन मनकामना र गोरखकाली मन्दिरमा पन्छी बली चढाउन रोक लगाएको छ । पोखरामा फैलिएको बर्डफ्लु गोरखामा पनि भित्रन सक्ने भन्दै प्राबिधिक समितीले मन्दिरमा परेवा र कुखुरा चढाउन रोक लगाएको हो ।
अर्को सूचना जारी नहुँदासम्म कुनै पनि पक्षी चढाउन नपाइने जिल्ला पशुसेवा कार्यालयका वरिष्ठ पशु चिकित्सक क्षेत्रबहादुर केसीले बताउनुभयो ।गत वर्ष पनि बर्डफ्लुको हल्ला चलेपछि दुई महिनासम्म मन्दिरमा पक्षी चढाउन रोक लगाइएको थियो । मन्दिरमा बोका चढाउन भने रोक नलगाएको गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्लेले बताउनुभयो ।