प्रोटो पि्रन्स माघ २६ । हाइटिमा बिनासकारी भुकम्प गएको चार हप्ता पछि १ जनालाई जिबितै उद्धार गरिएको छ । २८ बर्षिय ती ब्यक्तिलाई भग्नाबशेषमा च्यापिएको अबस्थामा राजधानी प्रोट औ पि्रन्सबाट उद्धार गरिएको अधिकारीहरले बताउका छन् । उद्धार पछि उनलाई अस्पताल भर्ना गरिएको छ । चिकित्सकका अनुसार २७ दिन सम्म कुनै पनि चिज खान नपाएकाले उनी निकै कम्जोर दुब्लो अबस्थामा रहेका छन । अहिले सम्म त्यहा करिव १४० जनालाइै भग्नाबशेषमा च्यापिएको अबस्थामा उद्धार गरिएको छ । गत जनावरि १२ तारिकामा गएको शक्तिशाली भुकम्पमा परि करिव ढेड लाख जनाले ज्यान गुमाएका छन भने १५ लाख भन्दा बढि मानिसहरु बिस्थापित भएका छन । यसैबिच हाइटिका न्यायधिशले ३३ जना टुहुरा बालबालिकालाई पाल्न लगेको भन्ने आरोप लगेका १० अमेरिकी प्रतिनधी सँग शोधपुस सुरु गरेको छ । बालबालीका लैजान हाइटि सरकारले रोक लगाएको छ ।