काठमाडौ माघ २६ । ढाकामा जारी एघारौ दिक्षिण एसियाली खेलकुदको अन्तिम दिन आज नेपालले थप एक स्वर्ण हात पारेको छ । बंगबन्धु रंगशालाबाट शुरु भएको म्याराथुनमा नेपालका राजेन्द्र भण्डरीले पहिलो स्थान हासिल गर्दै नेपालको स्वर्णको संख्या ८ पुर्याएको हो ।
यसैवीच दक्षिण एशियाली खेलकुद महाकुम्भको एघारौं संस्करण आज सम्पन्न हुदैछ अपरान्ह बंग्लादेशको राजधानी ढाकास्थित बंगबंन्धु रंगशालामा आयोजना हुने भव्य समारोहकाबीच एघारौं साग समापन गरिदैछ । समापन कार्यक्रमका लागि बिभिन्न लोक प्रस्तुति झान्की तथा कलात्मक प्रर्दशनको तयारी भइरहेको छ ।
नेपाल पदक तालिकाको पाचौ स्थानमा रहेको छ । तोकिएका सबै तेइस खेलमा सहभागिता जनाएको नेपालले ८ स्वर्ण नौ रजत र १८ वटा कास्य पदक गरी कुल ३५ पदक हात पारेको छ । भारत पदक तालिकाको शिर्षस्थानमा रहेको छ भने आयोजक राष्ट बंग्ालादेश तेस्रो स्थानमा रहेको छ । द्धन्दग्रस्त मुलुक अफगानिस्तानले सागमा दोस्रो पटक सहभागिता जनाउदै छैठौ स्थान हासिल गरेको छ ।