काठमाडौ माघ २५ । बंगलादेशको राजधानी ढाकामा जारी ११ औं दक्षिण एशियाली साग खेलकुद अन्तर्गत सोमबार नेपालले थप ५ वटा स्वर्णपदक हासिल गरेको छ । तेक्वान्दो र कराँतेमा २ २ तथा उसुमा एक गरी सागको दशौ दिन नेपालले ५ स्वर्ण जितेको हो ।
सोमबार तेक्वान्दोतर्फ दिपक बिष्टले दक्षिण एसीयाली खेलकुदमा लगातार चार स्वर्ण जितेर राष्टिय किर्तिमान कायम गरेका छन् । बंगलादेशको राजधानी ढाकामा जारी ११ औं साग खेलकुद अन्तर्गत सोमबार भएको ८७ केजी तौल समुहमा भुटानका टाशीलाई पराजीत गर्दै बिष्टले स्वार्ण सहित यो राष्टिय किर्तिमान कायम गरेका हुन् । ढाका स्थित राष्टिय जिम्नेजीयममा भएको फाईनल खेलमा दिपकले टाशीलाई ६ १ ले पराजीत गरे ।
यस अघि दिपकले २००६ मा कोलम्बोमा भएको दशौ २००४ मा पाकिस्तानमा भएको ९ औं र १९९९ मा काठमाण्डौमै भएको आठौ साग खेलकुदमा स्वर्ण जितेका थिए । गत बर्ष चिनमा भएको २९ औं ओलम्पीकमा समेत छनौट भएका बिष्टले एसीयन खेलकुदमा पनि लगातार दुई रजत जितेका छन् । दिपकले फाईनल प्रबेशका लगी सोमबार नै भएको खेलमा भारत र बंगलादेशका खेलाडीलाई पराजीत गरेका थिए ।
यस्तै तेक्वान्दोतर्फ आयुशा शाक्यले पनि स्वर्ण जितेकी छिन् । ढाका स्थित राष्टिय जिम्नेजीयममै भएको खेलमा भारतकी लतीका भण्डारीलाई पराजीत गर्दै आयुशाले महिला ५३ केजी मुनीको तौल समुह नेपाललाई स्वर्ण दिलाएकी हुन् । महिलातर्फ ५७ केजी मुनी तौल समुहमा भने नेपाल रजतमै सिमीत भएको छ । नेपालकी मनिता शाही फाईनलमा श्रीलडकाकी फतिमा केशिया शुहेईलसंग ८ ३ ले पराजीत भएपछि रजतमै सिमित भएको हो । नेपालका बद्रीनाथ बस्नेत भने पहिलो चरणबाटै बाहिरीएका थिए । आजबाट सागमा तेक्वान्दो खेलको पतिस्पर्धा सकिएको छ ।
यस्तै कराँतेतर्फ नेपालले पनि नेपालले आज २ वटा स्वर्णपदक जितेको छ । करातेको सोमबार भएको पुरुष कुमुतेतर्फ ७५ केजी तौल समुहमा नेपालका विनोद शाक्यले श्रीलंकालीका मोहम्मद नुफेजलाई ७ ४ ले पराजीत गर्दै करातेमा नेपाललाई स्वर्ण दिलाएका हुन् । श्रीलंकालीका मोहम्मद नुफेज दशौ सागका स्वर्ण बिजेता हुन् । यस्तै महिलाको कुमुते ६१ केजी तौल समूहमा नेपालकी गँगा अघिकारीले नेपाललाई करातेमा दास्रो स्वर्ण पदक दिलाए । अघिकारीले अफगानीस्तानकी जईनबलाई ७ २ अँकले पराजीत गरे ।
करातेतर्फ ६७ केजी पुरुष कुमुतेमा दशौ सागका स्वार्ण बिजेता कुशल श्रेष्ठ भने काश्यमा सिमित भएका छन् भने पुरुषको ६० केजी ब्यक्तिगत कुमुतेमा नेपालका बिनोद महर्जनले रजत जिते । करातेमा हिजो सुनिल लामाले नेपाललाई एक स्वार्ण दिलाएका थिए ।
उशुमा नेपालले सोमबार थप एक स्वार्ण जितेको छ । उशुमा आङबाबु शेर्पाले नेपाललाई स्वार्ण दिलाएका हुन् । शिलोटमा भएको स्पर्धामा भारती खेलाडीलाई पछि पार्दै आङबाबले नेपाललाई तस्रो स्वर्ण दिलाएका हुन् । स्वर्णका लागी उनले कुल १९ अँक बटुलेका थिए भने उनका भारतीय प्रतिद्धन्दीले १८ दशमलव ७७ अंक जोडेका थिए ।
यसअघि आइताबार उशुको थाउलो अन्तर्गत ताईतीमा बिनिता महर्जनले ११ औँ सागमा नेपाललाई पहिलो स्वार्ण दिलाएका थिईन् भने सुनिल लामाले करातेमा स्वर्ण दिलाएका थिए ।
उशु अन्तर्गत भएको न्याङछ्याङमा नेपालका राजु महर्जन भने पहिलो चरणबाटै बाहिरीएका छन् । आजको खेल सँगै उशुका खेलहरु सकिएका छन् । उशुमा नेपालकाततर्फबाट सान्सौतर्फ ६ र थाउलोतर्फ ५ गरी ११ खेलाडीले भाग लिएका थिए । कोलम्बोमा भएको दशौ साग देखि सागखेलकुदमा समावेश गरिएको उसुको पहिलो संस्करणमा नेपालले दुइ स्वर्ण हात पारेको थियो ।
यसैवीच साग खेलकुदमा पहिलो पटक समाबेश गरीएको महिला फुटबलमा भने नेपालले रजत पदक जितेको छ । ढाका स्थित कमलापुर स्टेडियममा सोमबार भएको फाईनल खेलमा भारतसँग ३ १ गोल अन्तरले पराजीत भएपछि नेपाल रजतमा सिमित भएको हो ।
खेलको २० औँ मिनेटमा कप्तान जमुना गुरुडको गोलबाट अग्रता लिएपनि पहिलो हाफको अन्तीमतीर पेनाल्टीमार्फत गोल खाएपछि नेपाल दबाबमा परेको थियो । त्यसपछिको बाकिँ समयमा भारतले थप दुई गोल गर्दा नेपालले कुनै गोल गर्न सकेन । पहिलो हाफमा नेपाललाई दिईएको पेनाल्टीको बिषयलाई लिएर खेल सकिएपछि नेपाली खेलाडी र रेफिरीबिच केहिबेर बिबाद भएको थियो । साग खेलकुदमा आज ११ औँ दिन सम्म नेपालले ७ स्वर्ण जितेको छ ।