काठमाडौ माघ २५ । सरकारले स्पेशटाइम प्रालिका अध्यक्ष जमिम शाहको हत्याको छानविनका लागि पूर्व न्यायाधीय गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा ५ सदस्यीय छानविन आयोग गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय िसंहदरवारमा सोमबार बसेको मन्त्रीपरिषदको आकस्मिक बैठकले शाहको हत्याको भत्सर्ना गर्दै छानविनका लागि आयोग गठन गरेको सरकारका प्रवक्ता एवं सुचना तथा संचारमन्त्री शंकर पोखे्रलले जानकारी दिनुभयो । आयोगका सदस्यहरुमा प्रहरीका डिआइजी राजेन्द्रबहादुर भण्डारी अनुसन्धान विभागका सहसचिव एकजना विज्ञ र महान्यायधीवक्ताको कार्यालयका सह महान्यायधिवक्ता रहनेछ ।
मन्त्रीपरिषद बैठकले हेटौडामा पोलिटेक्निक कलेज स्थापनाका लागि स्वीकृति दिने निर्णय पनि गरेको छ । यसैगरी राष्ट्रपति डा रामबरण यादवको आशन्न भारत भ्रमणका क्रममा हवाइ सेवा विस्तार सम्बन्धी सम्झोैतामा हस्ताक्षर गर्ने निर्णय गरेको छ । यसैगरी सरकारले नेपालसंग जोटिएका भारतका पाँच नाकामा रेल्वेलाइन विस्तारका लागि सहमति दिएको मन्त्री पोखे्रलले बताउनुभयो ।
व्यवस्थापिका संसदको जारी वर्षे अधिवशन अन्त्य गर्ने पनि मन्त्रीपरिषद बैठकले निर्णय गरेको थियो । बैठकले वर्षे अधिवेशनको अन्त्यका लागि राष्टपतिलाई आग्रह गर्ने निर्णय गरेको थियो ।
यसैवीच व्यवस्थापिका संसदको बैठक अन्त्यको बारेमा प्रधानमन्त्री माधवकुमार नेपालले आज राष्ट्रपति डा। रामवरण यादवसँग भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निबासमा भएको भेटवार्तामा व्यवस्थापिका संसद्को चालू अधिवेशन अन्त्य गर्ने सम्बन्धमा राष्ट्रपति डा। यादवसंग प्रधानमन्त्री नेपालले परामर्श गर्नुभएको थियो । त्यस अवसरमा राष्ट्रपति डा। यादवको आसन्न भारत भ्रमणका विषयमा पनि कुराकानी भएको थियो ।