समूहहरु :
अयोग्य लडाकू बहिर्गमन कार्य सम्पन्न
काठमाडौ माघ २५ । सिन्धुलीको दुधौली स्थित दोस्रो डीभीजनबाट शुरु भएको माओवादी सेनाका अयोग्य लडाकुहरुको बहिर्गमन कार्य रोल्पाको दहबनमा पुगेर सोमबार सकिएको छ ।
अयोग्य लडाकुलाई विदाईका क्रममा रोल्पाको दहवनमा स्थित पाँचौ डिभिजनमा रहेका २ सय ६८ जनालाई विदाई गरिएपछि अयोग्य लडाकु बहिर्गमन कार्य सम्पन्न भएको हो । सो शिविरमा ४ सय ५० जना अयोग्य लडाकु रहेकोमा अन्यले भने यसअघि नै शिविर छाडि सकेका थिए ।

यससंगै माओबादी सेनाका ७ वटै शिबीरबाट अयोग्य ठहर् याईएका ४ हजार ८ मध्ये २ हजार ३ सय ९४ लडाकु वाहिरीएका छन् । अन्यले भने यसअघि नै स्वेच्छिक रुपमा शिबीर छाडेर साधारण जिवनमा फर्कीसकेका छन् ।

लडाकु बर्हिगमन कार्य आज अन्तिम रुपमा रोल्पाको पांचौ डिभीजनबाट समापन भएको हो । विदाई भएर जाने अयोग्य लडाकुहरुलाई अनमीनलेप्रति व्यक्ति १० हजार रुपैयाँ तथा माओवादीले १२ हजार रुपैयाँ प्रदान गरेको थियो । अयोग्य लडाकु वहिर्गमन कार्यक्रममा एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल अनमीन प्रमुख करीन ल्यानग्रेन माओवादी डेपुटी कमान्डर चन्द्रप्रकास खनाल वलदेव नन्दकिसोर पुन पासाङ्गका साथै संयुक्त राष्ट्र संघको सुरक्षा परिषदका राजदुतहरुको पनि सहभागीता थियो ।
निक्कै आक्रामक र भावुक देखिएको त्यस अवसरमा अयोग्य लडाकुहरुले कमाण्डर पासाङको हातबाट अबीर र बलदेवको हातबाट माला लगाएका थिए भने अध्यक्ष प्रचण्ड पार्टी स्थायी कमिटी सदस्य बर्षमान पुनसँंग हात मिलाएका थिए ।

तर उनीहरु कार्यक्रमस्थलबाट बाहिरिनासाथ सबैजसो अयोग्य लडाकुले पहिरिएको माला फालेका थिए । केहीले प्रचण्डलगायतका नेतासँग हात मिलाएर बिदाई भए भने धेरैले मुखमा समेत नहेरेर बाहिरिए ।

बहिर्गमन कार्यक्रमलाई सम्बोधन गर्दै एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले अयोग्य माओवादी लडाकुको बहिर्गमनलाई शान्ति संझौता प्रतिको माओवादीको प्रतिवद्धता भनी व्याख्या गर्नुभयो । उहाँले अयोग्य लडाकुहरुलाई शान्तिप्रकि्रया र नयाँ संबिधान लेखनमा सहयोग गर्न आग्रह गर्नु भयो ।
उहाँले माओवादी लडाकुको बहिर्गमनले माओवादी शान्ति प्रकि्रया प्रति प्रतिबद्ध छैन भन्ने हरुलाई जवाफ भएको बताउनु भयो ।
अध्यक्ष प्रचण्डले घर फर्केका लडाकुहरुले शान्ति प्रकि्रयालाई साथ दिएर शान्तिको अर्को मार्चामा पनि बिजय हासिल गरको बताउनु भयो
यसैबीच संयुक्त राष्ट्रसंघले अयोग्य लडाकुहरुको बिदाई प्रकृया समापन हुनु शान्ति प्रकृयाको सकारात्मक एबम् महत्वपुर्ण कदम भएको बताएको छ ।

राष्टसंघले यसबाट राजनीतिक दलहरुबीच बिश्वाशको वातावरण सिर्जना गर्ने र समझदारी बढाउने बताएको छ । राष्ट्रसंघले आज एक बिज्ञप्ती जारी गरी राष्ट्रसंघले बिदाई भएर गएका लडाकुहरुका लागि औपचारीक शिक्षा व्यवसायीक तालिमस्वास्थ्यकर्मीका तालिम लघु उद्यम संचालन गर्ने तालिम लगायत सबै तालिम दिईने जनाएको छ । शिविरबाट बाहिरिएका लडाकुहरुलाई माओवादीले अन्य सैन्य गतिविधिमा लगाउन नहुने बताउदै यसका लागि राष्टसंघले एक वर्षसम्म अनुगमन गर्ने जनाएको छ । यो अवधिमा माओवादीले इमान्दारीपूर्वक लडाकुहरुलाई उपयोग नगर्ने पुष्टि भएमा राष्टसंघले माओवादीलाई बालसैन्य प्रयोग गर्ने पार्टीको सुचिबाट हटाउने पनि राष्टसंघीय महासचिवको नेपाल प्रतिनिधि किरन ल्यानग्रानले बतउनु भएको छ ।
यसैवीच अयोग्य लडाकु बाहिरगमनलाई राष्टसंघीय सुरक्षापरिषदका सदस्यराष्टहरुलेपनि स्वागत गरेका छन् । सुरक्षापरिषदका सदस्यराष्टका नेपालस्थित राजदुतहरुले आज जारी गरेको विज्ञप्तिमा यस्तो जनाएको हो ।
Print     Email 
प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
   

समूह : राजनीति
अनलाईन जनमत
एमआरपी छपाइ भारतलाई दिने प्रक्रिया फिर्ता गर्ने माधव सरकारको निर्णय तपाईंलाई कस्तो लागयो ?
जनताको जीत
अनुत्तरदायी सरकारलाई जनताको झापड
कुर्सी बचाउने खेल
 
जन आवाज
अनलाईन रेडियो
कार्टुन
अनलाईन समाचार
शुभकामना सँगालो
पठाउनुहोस्
नेपाली पत्रपत्रिका
मौसम
LOCATION
MIN
MAX
RAIN
Kathmandu
12°C
36°C
2mm
Biratnagar
11°C
40°C
1mm
pokhara
8°C
25°C
3mm
Sydney
7°C
17°C
00mm
Canberra
6°C
9°C
1.2mm
Melbourne
8°C
8°C
2mm
Perth
12°C
20°C
00mm
Adelaide
9°C
18°C
00mm
Bharatpur
18°C
38°C
1.5mm
समाचार   सुन्नुहोस्

Australia
उपायोगि लिङक्स
 स्थानिय संघसंस्था
 सरकारी कार्यालय
अंग्रेजी समाचारपत्र
Total Visitors : 3260
Email:info@ausnepalnews.com Run By Nepal Australia Media Network. Director: Keshab Sapkota , Chief Editor: Bhimsen Sapkota