समूहहरु :
एमालेले एकलौटी ढंगले सरकार संचालन गरेको भन्दै कंग्रेसद्धारा अशन्तुष्टी प्रकट
काठमाडौ माघ २५ । नेपाली कंग्रेसले सत्तारुढ दल एमालेले एकलौटी ढंगले सरकार संचालन गरेको भन्दै अशन्तुष्टी प्रकट गरेको छ । सोमबार वसेको संसदिय दलको बैठकमा बोल्ने अधिकांश सभाषद्हरुले एमालेले एकलौटी ढंगले सरकार संचालन गरेको भन्दै आवश्यक परे सरकार परिवर्तनको बिषयमा पनि गम्भिर वहस गर्नुपर्ने वताएका छन् । सभाषद्हरुले कंग्रेसले उठाएका एजेन्डाहरु सरकारले गम्भिर रुपमा नउठाए सरकार परिवर्तनका लागि पनि पछि हट्न नहुने बताएको स्रोतले जनाएको छ । बैठकमा सोमबार १ दर्जन बढि सभाषद्ले समसामयिक राजनीतिक घटनाक्रम लगायतका बिषयमा आ-आफ्नो धारणा राखेका थिए ।
यस्तै बैठकले माओबादी सेनाका लडाकुहरुको समायोजन व्यवस्थापन संबिधान जारी गर्नु पुर्वनै हुनुपर्ने निष्कर्ष निकालेको संसदिय दलका प्रबक्ता नबिन्द्र राज जोशीले जानकारी दिनुभयो । उहांले बिस्तृत शान्ति सम्झौतामै ६ महिना भित्र लडाकु समायोजन गरी सक्ने उल्लेख भएकाले माओबादीले अहिले आएर यस बिषयमा बिबाद गर्नु उचित नहुने टिप्पणी गर्नुभयो ।
यस्तै आजको बैठकले च्यानल नेपालका अध्यक्ष जमिम शाहको हत्यारालाई तत्काल पत्ता लगाई कारवाही गर्न माग गरेको छ । कंग्रेसले पछिल्लो सुरक्षा निकायका तिनै अंगका प्रमुखहरु एकैपटक बिदेश भ्रमणमा गएको प्रती पनि चासो प्रकट गर्दै सरकारको आधिकारीक धारणा माग गरेको छ । वैठकले सरकारलाई तत्काल बिजुलीको महशुल वृद्धि नगर्न आग्रह समेत गरेको बैठक पछि प्रबक्ता जोशीले पत्रकारहरुलाई जानकारी दिनुभयो ।
Print     Email 
प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
   

समूह : राजनीति
अनलाईन जनमत
एमआरपी छपाइ भारतलाई दिने प्रक्रिया फिर्ता गर्ने माधव सरकारको निर्णय तपाईंलाई कस्तो लागयो ?
जनताको जीत
अनुत्तरदायी सरकारलाई जनताको झापड
कुर्सी बचाउने खेल
 
जन आवाज
अनलाईन रेडियो
कार्टुन
अनलाईन समाचार
शुभकामना सँगालो
पठाउनुहोस्
नेपाली पत्रपत्रिका
मौसम
LOCATION
MIN
MAX
RAIN
Kathmandu
12°C
36°C
2mm
Biratnagar
11°C
40°C
1mm
pokhara
8°C
25°C
3mm
Sydney
7°C
17°C
00mm
Canberra
6°C
9°C
1.2mm
Melbourne
8°C
8°C
2mm
Perth
12°C
20°C
00mm
Adelaide
9°C
18°C
00mm
Bharatpur
18°C
38°C
1.5mm
समाचार   सुन्नुहोस्

Australia
उपायोगि लिङक्स
 स्थानिय संघसंस्था
 सरकारी कार्यालय
अंग्रेजी समाचारपत्र
Total Visitors : 3254
Email:info@ausnepalnews.com Run By Nepal Australia Media Network. Director: Keshab Sapkota , Chief Editor: Bhimsen Sapkota