समूहहरु :
व्यबस्थापिका संसदको बजेट अधिवेशन अन्त्य
काठमाडौ माघ २५ । व्यबस्थापिका संसदको चालु बजेट अधिवेशन सकिएको छ । व्यबस्थापिका संसदको सोमबार बसेको बैठकमा सभामुख सुवासचन्दै नेम्वाङ्गले राष्ट्रपति कार्यालयवाट प्राप्त पत्र पढेर अधिवेशन अन्त्यको घोषणा गर्नु भएको हो । असार २४ गते वुधबार सुरु भएको अधिवेशले विनियोजन विधेयक लगायत विभिन्न विधेयक पारित गरेको थियो । अन्तरिम संविधानमा प्रधानमन्त्रीको सिफारीसमा राष्ट्रपतिले संसद बैठक अन्त्य गर्ने व्यबस्था छ । २१६ पटक संसद बैठक बसेपनि १०३ बैठकमात्र सुचारु भएका थिए ।
संसदको यसै अधिवेशनवाट गणतन्त्र कार्यान्वयन समबन्धी केहि नेपाल ऐनलाइ संशोधन गर्ने विधेयक अन्तरिम संविधानको सातौ संशोधन विधेयक लगायतकेहि महत्वपूर्ण विधेयक पारित भएका थिए । सदन अन्त्यको बिषयलाइ लिएर प्रधानमन्त्री माधवकुमार नेपालले आजै राष्ट्रपति डा। रामवरण यादवसंग भेटवार्ता गर्नुभएको थियो । यसैअधिवेशनमा १९ सरकारी विधेयक पेशभएपनि ७ सरकारी विधेयक पारित भएको थियो । यसैगरी संसदको यसै अधिवेशनमा विभिन्न अन्तराष्ट्रिय सन्धी अनुमोदन भएको थियो ।
यसैबीच विभिन्न दलका सभाषदहरुले च्यानल नेपालका अध्यक्ष जमिम शाहको हत्याको बिषयलाइ सरकारको आलोचना गरेका छन । उनिहरुले शाहको हत्याले राजधानीको सुरक्षास्थितिमाथी प्रश्न चिन्ह उठाएको बताएका छन । व्यबस्थापिका संसदको सोमबार बसेको बैठकको सुरुमै सभामुखसंग समय लिएर बोल्दै सभाषदहरुले घटनाको छानविन गरेर अबिलम्ब वास्तविकता सार्वजानिक गर्न माग गरेका हुन । एकीकृत नेकपा माओवादीका सिपी गजुरेलले संचार उद्यमी शाहको हत्या वर्तमान सरकारको असक्षमताको पराकाष्टा भएको बताउनु भयो । उहाले राजदुतावास रहेको संवेदनशील लाइनमा दिनदाहडै भएको घटनाले सरकारको असक्षमता र नालायकीपनको पुष्टि गर्ने बताउनु भयो । उहाँले भारतीय संचार माध्ययमले शाह आइएसआइ संग सम्बद्ध रहेको र उनले संचालन गरेको स्पेश टाइमको कि्रर्याकीलापमा रोक लगाऊन २००४ मा नेपाल सरकारसंग आग्रह गरेको भन्ने भारतीय संचार माध्ययमको भनाइले शाहको हत्या सुनियोजित भएको पुष्टि गरेको बताउनु भयो ।

नेपाली कागे्रसका लक्ष्मणप्रसाद घिमिरेरे राजधानीमा पछिल्ला समय भएका घटनाले सरकारको अस्थितव छ छैन भन्ने प्रश्न उठाएको बताउनु भयो । उहाँले राजधानीको संवेदनशिल स्थानमा भएको हत्याले सुरक्षा संयन्त्रको अबस्थालाइ प्रष्टाएको भन्दै घटनाको वास्तविकता सार्वजानिक गर्न माग गर्नुभयो । उहाँले तीनवटै सुरक्षा निकायका प्रमूखलाइ लिएर चिन जानुको कारण सरकाकारसंग माग गनूृभयो । घिमिरेले शाहको हत्यारालाइ पक्रन कति समय लाग्छ भनेर सरकारले सदनलाइ जानकारी गराऊन माग गर्नुभयो ।
नेकपा एमालेका रवीन्द्र अधिकारीले शाह हत्याकाण्डले राजधानकिो सुरक्षा स्थिति कति नाजुक छ भन्ने प्रष्ट गरेको बताउनु भयो । उहाँले शाह हत्यावारे भारतीय संचार माध्ययममा आएका खवरप्रति सरकारको ध्यानाकर्षण गराऊदै घटनाको बास्तविकता माग गर्नुभयो ।

नेकपा मालेका सिमि मैनालीले विभिन्न बाहानामा हत्याकाण्ड भइरहेको बताउदै मिर्जादिल सादवेग मदन भण्डारी र जमिम शाह हत्यकाण्डले राष्ट्रिय अस्मितामा प्रहार भइरहेको टिप्पणी गर्नुभयो । राप्रपा नेपालका चन्द्रबहादुर गुरुङ्गले शाह हत्याकाण्डपछि वर्तमान सरकार पूरै असक्षम भएकोले राजीनामा दिन सुझाव दिनुभयो ।

बैठकमा स्थानिय विकास राज्यमन्त्री गणेशबहादुर खड्काले प्रस्तुत गर्नु भएको राष्ट्रिय दलित आयोग विधेयक २०६६ स्वीकृत गरेको छ । यसैगरी संसदको आजको बैठकले राष्ट्रिय मानवअधिकार आयोग विधेयकलाइ दफावार छलफलका लागि विधायन समितिमा पठाएको छ ।

Print     Email 
प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
   

समूह : राजनीति
अनलाईन जनमत
एमआरपी छपाइ भारतलाई दिने प्रक्रिया फिर्ता गर्ने माधव सरकारको निर्णय तपाईंलाई कस्तो लागयो ?
जनताको जीत
अनुत्तरदायी सरकारलाई जनताको झापड
कुर्सी बचाउने खेल
 
जन आवाज
अनलाईन रेडियो
कार्टुन
अनलाईन समाचार
शुभकामना सँगालो
पठाउनुहोस्
नेपाली पत्रपत्रिका
मौसम
LOCATION
MIN
MAX
RAIN
Kathmandu
12°C
36°C
2mm
Biratnagar
11°C
40°C
1mm
pokhara
8°C
25°C
3mm
Sydney
7°C
17°C
00mm
Canberra
6°C
9°C
1.2mm
Melbourne
8°C
8°C
2mm
Perth
12°C
20°C
00mm
Adelaide
9°C
18°C
00mm
Bharatpur
18°C
38°C
1.5mm
समाचार   सुन्नुहोस्

Australia
उपायोगि लिङक्स
 स्थानिय संघसंस्था
 सरकारी कार्यालय
अंग्रेजी समाचारपत्र
Total Visitors : 3262
Email:info@ausnepalnews.com Run By Nepal Australia Media Network. Director: Keshab Sapkota , Chief Editor: Bhimsen Sapkota