काठमाडौ माघ २४ । बंगलादेशको राजधानी ढाकामा जारी ११ औं दक्षिण एसीयाली खेलकुद प्रतियागिताको १० औं दिन नेपालले दुई स्वार्ण पदक हात पारेको छ । प्रतियेगितामा नेपालले स्वर्ण जितेको यो पहिलो हो ।
ढाकादेखि २ सय ५० किलो मिटर टाढा सिलोटमा जारी उसु खेलमा नेपालले आज पहिलो स्वर्ण हात पारेको हो । उसुको थाउलो ताइची इभेन्टमा भारतकी खेलाडीलाई पराजित गर्दै नेपालका लागि २१ व्र्षिया बिनिता महर्जनले पहिलो स्वर्ण दिलाएकी हुन् । ४४ केजीमा तौल समुहमा प्रतिस्पर्धा गरेकि महर्जनले स्वर्णका लागी ८ दशमलव ८५ स्कोर गरेकी थिईन् । उसुको सान्सौतर्फ ६ र थाउलोतर्फ नेपालका ५ जना खेलाडीको सहभागिता रहेको छ । दशौ साग देखि समावेश गरिएको उसुमा यस अघिको संस्करणमा नेपालले दुइ स्वर्ण हात पारेको थियो ।
यस्तै प्रतियोगिता अन्तर्गत आजबाट सुरु भएको करातेतर्फ पनि नेपालले एक स्वार्ण जितेको छ । करातेको पुरुष ५५ केजीमा सुनील लामाले नेपाललाई स्वर्ण दिलाएका हुन् । लामाले स्वार्णकालागी फाइनलमा भारतीय खेलाडी मणिलाई २ । १ ले पराजित गरे ।
उता ब_िक्सङ्गतर्फ नेपालका अजित गुरुङ्ग आइतबार फाइनलमा प्रवेश गरेका छन् । ६० केजीको सेमीफाइनलमा अजित अफगानिस्ताका मोहम्मद अजिजलाई १०-९ को झीनो अन्तरले हराए । अजितले भोली सोमबार स्वर्ण पदकका लागि बंगलादेशका मोहम्मद अवदुर रहिमसंग भिड्ने छन् ।
यस अघि ५१ केजी तौल समुहमा लक्ष्मण साउद भारतका सुरोनजय िसंहसंग पराजित भएका थिए । पहिलो चरणमा वाई पाएर सेमीफाइनलमा पुगेका लक्ष्मण दोस्रो राउण्डमै रिटायर्डहट हुँदा कास्यमै सीमित भए ।
त्यस्तै एथलेटिक्स तर्फ नेपालकी केशरी चौधरीले नयाँ राष्टिय किर्तिमान कायम गरेकि छिन । आठ राष्टका १३ खेलाडी समाबेश रहेको हाइजम्पमा शिर्ष चार भित्र परेकी उनले १ दसमलव ६९ मिटर पार गर्दै नयाँ राष्टिय किर्तिमान कायम गरेकि हुन । उनले यसअघि २०६६ चैतमा काठमाडौमा भएको पाँचौ राष्टिय खेलकुद १ दसमलव ५८ मिटर पार गर्दै किर्तिमान कायम गरेकि थिइन ।
आजका अनय खेलमा भने नेपालले राम्रो प्रर्दशन गर्न सकेन । महिलाको ४ सय मिटरमा प्रमिला रिजाल फाइनल चरणमा पुगेपनि पदक हात पार्न सकिनन । त्यस्तै पुरुष तर्फ सिद्धान्त अधिकारी फाइनलमा पुगेपनि नजिता राम्रो दिन सकेनन ।
यसैबिच प्रतियोगिता अन्तर्गत नेपालले तेक्वान्दोमा आज थप एक काश्य जितेको छ । तेक्वान्दोतर्फ आज भएको ७४ केजी तौल समुहमा दानबहादुर ऐरीले नेपाललाई काश्य दिलाएका हुन् ।
सेमिफाईनलमा पाकिस्तानका रिजवान ईस्लामसँग पराजित भएपछि ऐरी कास्य पदकमै सिमित भएका हुन् । यस अघि आजै भएको क्वाटर फाईनलमा भुटानका कुसुङ्ग एण्डीलाई ४ -३ हराउदै एरी प्रतियोगिताको सेमीफाईनल प्रबेश गरेका थिए ।
तेक्वान्दोततर्फ आजै भएको अन्य दुई स्पर्धामा भने नेपाली खेलाडीहरु पहिलो चरणमै पराजीत भएका छन् । पुरुषको ८० केजी तौल समुहमा नेपालका रमेश कुमार श्रेष्ठ भारतका आनन्द पन्डीया राजनसँग ११ ७ ले पराजीत भए भने महिलातर्फको ४९ केजी तौल समुहमा नेपालकी सबिना महर्जन पाकिस्तानकी सामिया ईम्दादसँग ३ २ ले पराजीत् भईन् । हारसँगै श्रेष्ठ र महर्जन प्रतियोगिताको क्वाटरफाईनलबाटै बाहिरीएका हुन् । यस अघि हिजोबाट सुरु भएको तेक्वान्दोमा नेपालले एक रजत र एक काश्य जितेको छ ।
उता प्रतियोगिता अन्तर्गत २० ट्वान्टी कि्रकेटमा तेस्रो स्थानका लागी पाकिस्तान बिरुद्ध भएको खेलमा नेपाल २ विकेटले पराजीत भएको छ । पराजयसँगै नेपाल कि्रकेटमा पनि पदक बिहिन भएको छ ।
मिरपुर स्थित अन्तराष्टिय कि्रकेट ग्राउण्डमा जीती पहिला ब्याटि गरेको नेपालले पाकिस्तानसामु जितका लागी १४८ रनको लक्ष्य पेश गरेको थियो । जवाफमा २० ट्वान्टी कि्रकेटको बिश्य च्याम्पियन पाकिस्तानले अन्तीम ४ बल बाकीँ छदा ८ विकेट गुमाउदै लक्ष्य पार गरेपछि नेपाल पराजीत भयो । नेपालले लिग चरणको खेलमा माल्दीभ्सलाई हराएको थियो भने अन्य सबै खेलमा पराजय बेहोरेको थियो ।
त्यस्तै पौडिमा पनि नेपाललाई आजको दिन सुखद रहेन महिलाको ५० मिटर ब्याकस्टोकमा नेपालकी ओशिन भारती सातौं भएकी छन् । ढाकास्थित मिरपुरको स्वििमंग कम्प्लेक्समा भएको स्पर्धामा ओशिनले निर्धारित दूरी ३९।५७ सेकेन्डमा पूरा गरेकी थिईन् । यस बिधामा ३३ सेकेन्डमा निर्धारीत दुरी पुरा गरेकी भारतकी फरिहा जमन पहिलो तथा श्रीलंकाकी वालाकान्डा कन्कनम्गे तेस्रो पाकिस्तानकी किरण खाँन तेस्रो थईन् ।
यस्तै मिरपुर स्वििमंग कम्प्लेक्समा आजै भएको पुरुषको १०० मिटर ब्याकस्टोकमा नेपालका शैलेश राणा पनि सातौं स्थानमा रहे । उनले निर्धारित दूरी १ मिनेट १६।२४ सेकेन्डमा पूरा गरे । यस बिधामा भारतका सन्दीप सैजवाल प्रथम भारतकै पुनित राना दोस्रो तथा पाकिस्तानका मोहम्मद कमल हुसेन तेश्रो भए । पुरुषतर्फको ५० मिटर ब्याकस्टोकमा भने नेपाल हिट चरणबाटै बाहिरीएको छ ।
यस्तै साग अन्तर्गत कुस्तीमा पनि नेपालको खराव प्रदर्शन गरेको छ । कुस्तीतर्फ हिजो १२० केजीमा रजत पदक प्राप्त गरेको नेपालले आजको स्पर्धामा भने निराशाजनक प्रदर्शन गरेको छ । आज भ्ाएको ६० केजी र ७४ केजीको दुई इभेन्टको खेलमा नेपालले खराव प्रदर्शन गरेको हो । ६० किलोतर्फ मुख्तार आलम श्रीलंकाका खेलाडीसँग पहिलो खेलमा पराजित भए भने दोश्रो खेलमा अफगानिस्तानसंग ५-० ले पराजय व्यहोरे । ७४ केजीमा नेपालका बुन्नीलाल यादव आयोजक बंगलादेशसका खेलाडीसँग पहिलो खेलमै ३ ५ ले पराजित भए ।