काठमाडौ माघ २४ । नेपाल आयल निगमले हवाई इन्धनको मुल्य बढाएको छ । निगमको बोर्ड बैठकले आज देखि लागू हुने गरि प्रतिलिटर हवाई इन्धनमा पाँच रुपैया मुल्य बढाएको हो । नयाँ मुल्य प्रतिलिटर ७५ रुपैया कायम भएको छ । भारतले पछिल्लो समयमा अन्तराष्ट्रिय बजारमा कच्च तेलको मुल्य बढे पछि हवाई इन्धनको मुल्य बढाइरहेको छ । यसैबिच निगमले पेट्रोलको मुल्इ समेत बढाउने तयारी गरिरहेको स्रोतले बताएको छ ।