सिडनीमा अर्को दुखद घटना - नेपाली विद्यार्थी माथी हमला
जनवरी ३० ,२००९ का दिन आफ्नो काममा जादै गर्दा आस्ट्रेलियाको सिडनी शहर स्थित डि - होई भन्ने ठाउमा नेपाली विद्यार्थी विपिन श्रेष्ठ दुर्घटनामा परेका छन | श्रेष्ठ लाइ उनको टाउको र शारीरमा रगाताम्ये हुने गरी कुटपिट गरिएको थियो |
स्थानीय प्रत्यक्षदर्शीका अनुसार वर्ष १९ र १७ का दुई युवकले श्रेष्ठ लाइ मरणाशन्न हुने गरी कुटपिट गरेका थिए | दोषी लाइ घटनाको केही समय पश्चात नै प्रहरीले पक्राऊ गरी कानूनी प्रक्रिया समेत अगाडी बढाईसकेको छ | यस सम्बन्धमा दोषी माथि आवश्यक कारवाही र घाइतेको उपचारार्थ आवश्यक प्रक्रिया अगाडी वडेको NSW State , Consulate General दीपक खडका असनेपाल न्यूज़ लाइ वताउनुहुन्छ | घाइते श्रेष्ठ को हाल रोयल नर्थशोर हास्पिटल (Royal North Shore Hospital ) को सघन उपचार कक्षमा उपचार भाई रहेको छ |
नेपाली समुदायमा यस्ता दुखद घटना थापिदै गएका छन स्मरण रहोस गत ३ महीना अगी भिक्टोरिया को मुरे नदीम दूवेर पोखराका रेशम गुरुंगको मृत्यु भएको थियो भने दुई हप्ता अगी काठमांडूका सौरभ बराल लाइ नेपाली समुदायले गुमाउनु परेको थियो |
Print
Email
sewak karki (sewakkarki@gmail.com), hurstville
bipin timi mula sadhai aru sanga niyu khojdai hidchau ...aba ta kehi path sikha na yaar...anyway so sad to kno...i will catch ya 2morrow at royal north shore line hospital...get well soon