समूहहरु :
२०६७ भदौ २० गते आइतवार
प्रमुख समाचार :
नेपाली युवा नेताहरुको निरुद्देश्य कोरिया भ्रमण:लुटको धन फूपुको श्राद्व?

का सडक र क्याम्पसका प्रांगणमा बिभिन्न विध्यार्थी तथा युवा समूहहरुलाई आपसमा मारमुंग्री गर्न,ईटा प्रहार गर्न र सडकका बार र रेलिंग जस्ता सार्वजनिक सम्पत्तिहरु तोडफोड गर्न उक्साउने बिभिन्न शक्तिशाली राजनीतिक पार्टीहरुका जन वर्गिय संगठनहरुका हाइकमाण्डहरु अहिले सरकारी ढुकुटीको धन उडाउंदै कोरिया भ्रमणमा एउटा प्रतिनिधि मण्डल बनेर आएका छन्।
     

सुत्रका अनुसार छिमेकी मुलुक जनवादी गणतन्त्र चीनको साता व्यापी भ्रमण सके पछि सो टोली कोरियाको युवा गतिविधिहरुको अध्यॆयन गर्न दुई दिने भ्रमणमा हिजो आइपुगेको हो।युवा तथा खेलकुद मन्त्रालयका सह-सचिव गोरख बहादुर सिंहको नेत्रित्वमा उपसचिव अनन्त बहादुर सिलवाल,एनेकपा माओवादीको युवा संगठन वाईसीएल अध्यक्ष गणेशमान पुन,नेपाली कांग्रेसको भ्रात्री संगठन तरुण दलकि सरिता प्रसाई,एमाले निकट प्रजातान्त्रिक राष्ट्रिय युवा संघका अजम्बर कांगवांग,मधेशी जनाधिकार युवा फोरमका युसुफ सफी तथा तराई मधेश लोक तान्त्रिक पार्टी युवा फ्रन्टका नेताद्वय उदय किशोर तिवारी र राजकुमार दास गरि आठ जनाको सो डेलिगेशनले कोरियाली युवाहरुको गतिविधि अध्यॆयन गरि स्वदेश पर्कने बताईएको छ।
   
 प्रतिनिधी मण्डलका अगुवाईकर्ता श्री गोरख बहादुर सिंहको भनाई अनुसार "हाम्रो टोलीले चीनको साता व्यापी भ्रमण पुरा गरिसकेको छ र कोरियाको युवा गतिविधि तथा विकास संभावनाहरुलाई अध्ययन गर्न हामी यहां आयौं तर शनिवार र आइतवार सरकारी विदा परेको हुनाले औपचारिक भेटघाटका कुनै कार्यक्रमहरु बन्न र बनाउन सकिया छैन। ,त्यसैले कोरियामा सनिवार र आइतवार दुई दिन बिदा परेकोले कुनै कार्यक्रम वन्न नसकेको भन्दै घुमफिर गरेर सोमवार बिहान स्वदेश फर्किने कार्यक्रम रहेको भएपनि भोली आन्सान स्थित माइग्रेट सेन्टरमा नेपाल तामाङ् संघको आयोजनामा मनाउन लागिएको जातिय चाड ल्होछार कार्यक्रममा निमन्त्रणा भएकोले नेपाली समुदाय संग भेट्घाटको लागी जाने सम्भावना रहेको बताए ।  यसो घुमफिर गरेर सोमबार  प्रमण्डल स्वदेश फर्कंदैछ।
"परस्परमा प्रतिद्वन्दी विचारधाराका संबाहक र वकालत कर्ता यी अगुवाहरु जसरी कोरियाको पांचतारे होटलहरुमा मिलेर संगै बस्न सकेका छन्,संगै चीन र कोरिया घुमेका छन् उसरी नै आफ्ना मातहतका कार्यकर्ताहरुलाई पनि सगोलमा मिलेर देश बिकास गर्नु पर्दछ भन्ने शिक्षादीक्षा कहिले देखि दिन थाल्ने हुन् त्यो भने आशा गरौं भर नपरौं कै स्थितिमा रहेको भनि हाम्रा विश्लेशषकहरुले बताउंदछन्।
   
साथै जुन उद्देश्यॆले उनीहरु कोरिया आएका थिए सो उद्देश्य मुताविक काम नभएको अवस्था भनेको "लुटको धन फूपुको श्राद्ध् " नहोला भन्न सकिन्न।८१ लाख भन्दा ज्यादा युवाहरु भएको हाम्रो मुलुक नेपालमा आज युवाहरुलाई राज्यले देश विकासमा कसरी उनीहरुको भूमिका स्थापित गर्ने भन्ने स्पष्ट निकास नदिएको कारणले सत्तरी प्रतिशत साक्षर युवाहरु मध्य आधा स्वदेशमा बेरोजगार छन्।नयां नेपाल बनाउन सामर्थ्य राख्ने १० लाख नेपाली युवाहरु अहिले विश्व श्रम बजारमा मेहनत गरिरहेका छन्।दैनीक सयौं युवाहरु विदेश पलायन हुने क्रम जारी रहेको स्थिति हो अहिले।यो प्रतिनिधिमण्डलले देशमा  फर्केर विदेशबाट सिकेका कुराहरु युवाशक्तिलाई कसरी स्वदेशमै रोजगार तुल्याउने भन्ने बारेमा सरकारलाई स्पष्ट परामर्श दिन सकोस भनि कोरियामा मेहनतगरि देशमा रेमिट्यान्स भित्राउने युवाहरुको मनशाय प्रकट भएको पाइन्छ।

Print     Email 
प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
   

प्रतिक्रियाहरु
Raghu Tripathi (jeilraghu@yahoo.com), South Korea
??? ???????? , ?????? ?????? ??????? ??? ? ?????????? ????????? ??????? ?????????? ??? ???? ?????????? ????? ?????????? ????,??? ?????? ???? ? ???
Raghu Tripathi (Jeilraghu@yahoo.com), South Korea
Namastee News prakashanko lagi dhanyawad .

समूह : राजनीति
अनलाईन जनमत
एमआरपी छपाइ भारतलाई दिने प्रक्रिया फिर्ता गर्ने माधव सरकारको निर्णय तपाईंलाई कस्तो लागयो ?
जनताको जीत
अनुत्तरदायी सरकारलाई जनताको झापड
कुर्सी बचाउने खेल
 
जन आवाज
अनलाईन रेडियो
कार्टुन
अनलाईन समाचार
शुभकामना सँगालो
पठाउनुहोस्
नेपाली पत्रपत्रिका
मौसम
LOCATION
MIN
MAX
RAIN
Kathmandu
12°C
36°C
2mm
Biratnagar
11°C
40°C
1mm
pokhara
8°C
25°C
3mm
Sydney
7°C
17°C
00mm
Canberra
6°C
9°C
1.2mm
Melbourne
8°C
8°C
2mm
Perth
12°C
20°C
00mm
Adelaide
9°C
18°C
00mm
Bharatpur
18°C
38°C
1.5mm
समाचार   सुन्नुहोस्

Australia
उपायोगि लिङक्स
 स्थानिय संघसंस्था
 सरकारी कार्यालय
अंग्रेजी समाचारपत्र
Total Visitors : 1397
Email:info@ausnepalnews.com Run By Nepal Australia Media Network. Director: Keshab Sapkota , Chief Editor: Bhimsen Sapkota